back
CTIZAN AD

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ – मन्त्री अर्याल

वि.सं.२०७६ मंसिर २४ मंगलवार

729 

shares

२४ मङ्सिर, काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएकी छिन् ।

भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक दुईदिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको छ भने ।

“जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ” उनले भने, “विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।”

मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पु¥याउनुपर्ने योगदानका लागि समसामयिक क्षमता विकास गर्नु अपरिहार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नाप–नक्शा तथा भूमि व्यवस्थापनमा नविनतम् प्रविधिको प्रयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

“भूमि व्यवस्थापनका क्षेत्रमा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग थप सहकार्य गर्न जरुरी देखिन्छ”, उनले भने, “नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा भएको विकसित प्रविधिलाई आत्मसात गर्दै जानुपर्दछ ।”

मन्त्री अर्यालले केन्द्रले भूमि व्यवस्थापनमा रुपान्तरणका लागि प्रशिक्षण पाठ्यक्रममा समसामयिक परिमार्जन, क्षमता विकास तथा विश्वविद्यालयको सहकार्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिदैं यस्ता अन्तरराष्ट्रिय गोष्ठीबाट नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा देश विदेशमा विकास भएका नविनतम् प्रविधि एवं अवधारणको अध्ययन, अनुसन्धान तथा उपयोगको अनुशरण गरी निरन्तरता दिनुपर्छ भने ।

काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले कुनैपनि विषयमा योजनामा स्रोत, योजनाकार, सामग्री तथा दूरदृष्टि भएमात्रै अपेक्षित लक्ष्य पूरा हुने बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जू श्रेष्ठले ग्रामीण र शहरी क्षेत्रमा छुट्टाछुट्टै अवधारणा बनाइ वैज्ञानिक ढङ्गले भूमि व्यवस्थान जरुरी भएको बताए ।

दुई दिने सो कार्यशाला गोष्ठीमा नेदरल्याण्ड, टर्की, चीन, भारत, अफ्गानिस्तान, मङ्गोलियालगायत १५ देश तथा नेपालस्थित विश्वविद्यालयका प्राध्यापक, भूमिविज्ञ, विद्यार्थी, कर्मचारीलगायत एक सयको सहभागिता रहेको केन्द्र प्रमुख गणेशप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार गोष्ठीमा दिगो विकास लक्ष्यअनुरुप विकासको ‘मोडल’, वैज्ञानिक शहरीकरणमा प्रविधिको विकास, भूमि व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगलगायतका विषयमा देश विदेशका विज्ञले प्रस्तुतिकरण एवं अनुभव आदानप्रदानको गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १५:१७ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...