back
CTIZAN AD

जनप्रगतिशील मोर्चा बेल्जियमद्धारा घोर आपत्ति

वि.सं.२०७६ मंसिर २४ मंगलवार

675 

shares

२४ मंसिर, बेल्जियम ।   बेल्जियमस्थित नेपाली दूतावासका राजदूत लोक बहादुर थापाले नेपाली दूतावासमार्फत नेपाल सरकार प्रधानमन्त्रीलाई बुझाउन नमानेको भन्दै आपत्ति जनाइएको छ ।

बेल्जियममा केही समय अगाडि नेपालीहरुले भारतीय दूतावास अगाडि गएर सीमा अतिक्रमणको विरोध गरे । विभिन्न नाराहरूद्वारा उनीहरुले विरोध प्रदर्शन गरेका थिए । विरोध कार्यक्रमको मुख्य आयोजक विप्लव निकट मानिएको नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम रहेको थियो । तर, अहिले यही मोर्चा लगायत वैचारिक संघ संस्थाले नेपाली दूतावासमार्फत नेपाल सरकार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जाँदा राजदूतले ज्ञापनपत्र बुझ्न नमानेको आरोप छ ।

मोर्चाले राजदूत लोक बहादुर थापालाई सोमवार नेपाली दूतावास ब्रसेल्समा ज्ञापनपत्र बुझाउने समय निर्धारण गरेको थियो । समय बिहान ११ बजेको दिइएको थियो । यो समय राजदूत आफैले मोर्चाका कार्यकर्ताहरुलाई दिएका थिए । जसमा बेल्जियमस्थित विभिन्न वैचारिक संघसंस्थाका प्रतिनिधि उपस्थित हुने निश्चित भएको थियो । तर, अचानक राजदूत थापाले उक्त ज्ञापनपत्र नलिने तर छलफल गर्न सकिने भनेर सूचना दिए । त्यसपछि समस्या सुरु भएको थियो ।

राजदूत थापाको यो कार्यप्रति मोर्चाले प्रेस विज्ञप्ति जारी गरेर घोर भत्र्सना गरेको छ । प्रेस विज्ञप्ति मार्फत मोर्चाले आफूहरु सबै स्तब्ध बनेको जनाएको छ ।

‘नेपाल सरकारको र मातहतको यो कुटनैतिक नियोगको यो अलोकतान्त्रिक तथा गैरजिम्मेवारी कार्यको हामी घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘राजदूत लोक बहादुर थापाले आफ्नो गैरजिम्मेवारीपूर्ण कार्यशैली सच्याउन आग्रह गर्दछौ ।’

राजदूत थापाको यो कार्यको विरोधमा बेल्जियममा रहेका अन्य वैचारिक संघसंस्थाहरुले पनि विरोध विज्ञप्ति निकाल्ने तयारी गरेको जनाएका छन् । उनिहरुले राजदूत थापाको यो शैलीले राष्ट्रियता माथि धक्का पुग्ने काम गरेको पनि बताएका छन् । यो कार्यको सामाजिक सञ्जालमा समेत विरोध गरिएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १५:२० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...