back
CTIZAN AD

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा

वि.सं.२०७६ मंसिर २४ मंगलवार

942 

shares

२४ मङ्सिर, मोरङ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले आज यहाँ सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ मा १ सय ८९ देशमध्ये नेपाल मानव विकास सूचाङ्कमा १४७ औँ स्थानमा रहेको हो । यो अफ्रिकी मुलुक केन्याको समान हो । दक्षिण एशियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन् ।

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचाङ्क औषतमा शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै जन्मदरको औषत आयु १६ दशमलव एक, शिक्षाको मध्यम वर्ष २ दशमलव ८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलव ७ वर्षले वृद्धि भएको छ । प्रतिवेदन अनुसार दक्षिण एशियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ ।

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरेको प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ । प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एशिया प्रभावित हुने औल्याएको छ । प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले नेपालमा आर्थिक अवस्था सुधार भइरहेको बताउँदै मानव विकास सूचाङ्कमा सुधारोन्मुख हुनु सुखद पक्ष हो भने । प्रदेश सरकार गरीबी निवारण, रोजगार सिर्जना र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताउँदै उनले मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि प्रदेश सरकारले रु २० करोड वजेट विनियोजन गरेको जानकारी दिए ।
प्रदेश सरकार शैक्षिक र स्वास्थ्यको गुणस्तर सुधारमा पनि कार्य गरिरहेको उल्लेख गर्दै प्रदेश सरकारले सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सरकारको काम कारवाहीलाई पारदर्शी र जवाफदेहिता बनाउनेतर्फ ध्यान दिएको छ भने । सरकार सबै किसिमको असमानतालाई हटाई समग्र क्षेत्रमा समानता ल्याउने गरी काम गरिरहेको उनले बताए ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १६:२६ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...