back
CTIZAN AD

देशकै पहिलो ठूलो बैंक ग्लोबल आइएमईले बिदेशमा शाखा विस्तार गर्दै

वि.सं.२०७६ मंसिर २४ मंगलवार

732 

shares

२४ मंसिर, सिड्नी । हालैमात्र जनता बैंक र ग्लोबल आइएमई बैंक गाभिएर बनेको देशकै पहिलो ठूलो बैंक ग्लोबल आइएमईले विदेशमा पनि आफ्नो शाखा विस्तार गर्न लागेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै बैंकका अध्यक्ष ढकालले हाल अस्ट्रेलिया लगायत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको बताएका छन् ।

अध्यक्ष ढकालले नेपालमा लगानीको बातावरण निकै राम्रो बन्दै गएको बताउदै अस्ट्रेलियाका नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने समेत बताए । उनले गैरआवाशीय नेपालीहरुको समेत लगानीमा निर्माण हुदै गरेको दोर्दी जलाबिधुत् आयोजना छिट्टै संचालनमा आउने पनि बताए ।

नेपालमा प्रदेश-प्रदेशहरु र स्थानीय सरकारहरुबीच बिकासमा प्रतिस्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको ढकालले अन्तरक्रिया कार्यक्रममा बताए । आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।

अन्तरक्रियामा गैरआवाशीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष मन के सीले आफ्नो सस्था दश अर्ब बराबरको गैरआवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैरआवाशीय नेपालीहरुको ठूलो तथा संयुक्त लगानी सुरु हुने बताए ।

कार्यक्रममा गैरआवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्वअध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैरआवाशीय नेपालीहरुमा लगानीको आत्मबिश्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुँजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगायत बैदेशिक पुँजी नेपालमा भित्रन सक्ने उनले बताए ।

त्यस्तै गैरआवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्वअध्यक्ष डिला खरेलले गैरआवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई बिस्वास भएको भन्दै आफूहरुले पुँजी संकलनमै जोड दिनु पर्ने बताए ।

उक्त कार्यक्रममा सिड्नीमा क्रियाशील दुईदर्जन ब्यवशायिक तथा गैरआवाशीय नेपाली अगुवाहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्री

वि.सं.२०७६ मंसिर २४ मंगलवार १६:५३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...