back
CTIZAN AD

उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने

वि.सं.२०७६ मंसिर २५ बुधवार

651 

shares

२५ मङ्सिर, दाङ । घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ । जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लाष्टिकजन्य वस्तु खरीद गरेर बिक्री गर्ने तयारी गरेको हो ।

पुनःप्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लाष्टिकजन्य वस्तु खरीद गर्नका लागि उपमहानगरपालिकाले यो आर्थिक वर्ष रु सात लाख बजेट छुट्याएको छ । सोही रकमबाट उपमहानगरपालिकाले पहिलोपटक शहरी क्षेत्र वडा नं १४ र १५ सँगै शहरी क्षेत्रका रूपमा विकास हुँदै गरेका वडा नं १०, १३, १६ र १७ लगायतका वडाबाट प्लाष्टिकजन्य वस्तु खरीद गर्ने तयारी गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले जानकारी दिए ।

प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न उपभोक्तालाई आग्रह गरेको छ । त्यसका लागि अहिले कार्यविधि बनाउने काम भइरहेकाले कार्यविधि बनेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उनले बताए । “पहिलोपटक कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्यविधि बनाउँदैछौँ”, केसीले भने, “कार्यविधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।”

उनका अनुसार उपमहानगरपालिकाले वडामा रहेका टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका सङ्घसस्थामार्फत प्लाष्टिक खरीद गर्ने तयारी गरेको छ । सङ्घसंस्थामार्फत खरीद गर्दा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन सकिने र सङ्कलनमा सहज हुने देखिएको उनले बताए । “घोराही बजारसँगै शहरोन्मुख वडामा बढ्दै गरेको फोहर कम गर्नका लागि प्लाष्टिक खरीद गर्ने योजनामा छौँ”, उनले बताए, “जसले घोराहीलाई प्रदूषण हुनबाट रोक्नका साथै वडा नं १६ मा रहेको डम्पिङसाइटको आयुसमेत बढाउनेछ ।”

गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने र नगल्ने फोहरका रूपमा रहेको प्लाष्टिकलाई खरीद गरेर बिक्री गर्नसके फोहर व्यवस्थापनमा समेत सहजता हुने शाखा प्रमुख केसीले बताए । प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफूले बिक्री गर्ने भएको छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा भइरहेको उनले बताए । अहिले उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १०:४९ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...