back
CTIZAN AD

बाँकेमा लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो

वि.सं.२०७६ मंसिर २६ बिहीवार

819 

shares

२६ मङ्सिर, बाँके । जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ ।

तथ्याङ्कअनुसार एक हजार १५५ सामाजिक हिंसाका घटना मिलापत्रमा टुङ्गिएका छन् । यस्तै तीन वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटनामध्ये १६० घटना मात्रै सम्बन्धित निकाय अर्थात् स्थानीय तह तथा अदालतमा गएका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

लैङ्गिक हिंसाविरुद्ध वार्षिक लाखौँ बजेट खर्चेर पनि लैङ्गिक हिंसाका घटना कम हुनुको साटो बढिरहेका पाइएको हो । प्रहरीका अनुसार चालू आव २०७६÷७७ को कात्तिक मसान्तसम्म २०२ घरेलु हिंसाका ठाडो उजुरी परेका छन् । त्यसमा सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका घटना १७६ छन् । यस्तै आव २०७५÷७६ मा भने उजुरीको सङ्ख्या बढेर ७११ पुगेको तथ्याङ्कले देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ५१२ छन् । आव २०७४÷७५ मा ४८३ घरेलु हिंसाका ठाडो उजुरी परे । यीमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ३०८ रहेका प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान्–श्रीमती, सासु–बुहारी, देवरानी–जेठानी र अन्यका बीचमा भएको झै–झगडाका घटना हुने गरेका छन् । सोमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका झगडाका घटना बढी दर्ता हुने गरेका प््रहरीको भनाइ छ । महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आव २०७४÷७५ मा जिल्लामा ३५ महिला बलात्कृत भएका घटना दर्ता भएका छन् । आव २०७५÷७६ मा बलात्कृत हुनेको सङ्ख्या ५६ पुगेको थियो भने चालू आवको कात्तिक मसान्तसम्म २१ बलात्कृत भएका छन् ।
आर्थिक वर्ष २०७४÷७५ देखि चालू आवको कात्तिक मसान्तसम्म ३९ माथि बलात्कारको प्रयास भएको प्रहरी तथ्यांकले देखाएको छ । त्यसमा २२ बालिका आव २०७५÷७६ देखि चालू आवको कात्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारमा परेका छन् । यस्तै आव २०७४÷७५ देखि चालू आवको कात्तिक मसान्तसम्म अर्थात पछिल्ला तीन वर्षमा ७७३ महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक भएका कारण बलात्कारका घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको प्रहरी उपरीक्षक ओली बताउँछन् । उनले भने, “बलात्कारका बारेमा अहिले खुलेर विरोध गर्ने अवस्था आएको छ, मानवअधिकारका बारेमा मानिस सजग हुँदै गएका छन् ।” अपराध लुकाउनु हुन्न भन्ने धारणा बढिरहेकोले पनि घटना धेरै बाहिर आउने गरेका उल्लेख गर्दै उनले भने , “लामो समयसम्म पुरुष र महिलासँगै बसिरहेका हुन्छन्, सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेका छन्, केही घटनामा आर्थिक कुरा जोडिएका हुन्छन् ।” (रासस)

वि.सं.२०७६ मंसिर २६ बिहीवार १२:३० मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...