back
CTIZAN AD

ग्राण्डीद्धारा १०५ बर्षीय बृद्धको निःशुल्क उपचार

वि.सं.२०७६ मंसिर २६ बिहीवार

882 

shares

२६ मंसिर, काठमाण्डौं । स्वास्थ उपचारको लागि स्वदेशमै आर्कषक गन्तब्य रुपमा विकास भइरहेको राजधानीको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालले १०५ बर्षीय बृद्धको निशुल्क उपचार गरेको छ ।

प्रतिकुल मौसम र बढ्दो चिसोसंगै मकवानपुर घर भई हाल काठमाँडौ बल्खुमा बसोबास गर्दे आएका १०५ बर्षीय बृद्ध गणेश बहादुर अधिकारीेको बिगत ८ बर्षदेखि दुबै घुँडामा समस्या रहेको थियो ।

बरिष्ठ कलाकार सन्तोष पन्तका निकटरहेका अधिकारीलाई गतबर्ष यता सहनै नसक्ने गरी दुखाइ हुदै आएको र उनकै सल्लाह अनुसार ग्रांडी अस्पताल आइपुगेको बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर एब बरीष्ठ हाडजोर्नी तथा नसा रोग बिषेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले बृद्धको उपचार गरेको हो । घुँडा खिइने समस्याबाट ग्रसित अधिकारीले ग्राण्डी अस्पतालले बृद्धहरु प्रति गरेको सम्मान एबं उपचार प्रति प्रशन्नता ब्यक्त गरे ।

अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले १०५ बर्षीय बृद्धको उपचार गर्न पाउनु सौभाग्य रहेको बताए, साथै डा पाण्डेले सम्पूर्ण बिरामिको स्वास्थ्य प्रति ग्राण्डी अस्पताल परिवार सदैब संबेदनशिल एवं प्रतिबद्द रहने समेत जनाएका छन् ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १७:०३ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...