back
CTIZAN AD

ज्योति विकास बैंकले दियो कपडा बैंकलाई मसिन

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1.2K 

shares

२७ मंसिर, काठमाण्डौं । ज्योति विकास बैंकले कपडा बैंकका लागि वासिङ मसिन प्रदान गरेको छ ।
नवजीवन परोपकार समाज तथा ज्ञ100’s Group द्धारा संयुक्तरुपमा स्थापना गरिएको उक्त कपडा बैंकलाई बैंकले बिहिबार एकथान मसिन हस्तान्तरण गरेको जनाइएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जना गरेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत उक्त मेसिन हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा, मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी र100’s Group का कार्यक्रम संयोजक बब्लु गुप्ताको उपस्थिति रहेको थियो ।

नवजीवन परोपकार समाज तथा 100’s Group ले संयुक्त सहकार्यमा काठमाण्डौ तथा ललितपुरको विभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरी जम्मा भएका पुन : प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरी गरिब जनताहरुको बीचमा पुर्याउने अभियान थालनी गरेको हो । सो कार्यलाई आवश्यक वासिङ मेसिन बैंकद्वारा प्रदान गरिएको हो ।

समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत् बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाएको छ ।

नवजीवन परोपकार समाज तथा 100’s Group ले थालनी गरेको कपडा बैंक कार्यक्रमले पुर्याएको उल्लेखनीय योगदानको सहयोगार्थ बैंकले सो सहयोग प्रदान जनाएको छ ।

१०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको बैंकले यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

बैंकले यस आर्थिक बर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १४:०९ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...