back
CTIZAN AD

सभामुखमा अग्नि सापकोटाको सम्भावना बढ्दै

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1.1K 

shares

२७ मंसिर, काठमाण्डौं । प्रतिनिधि सभाको रिक्त सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सिफारिस हुने सम्भावना बढेको छ ।

नेकपाको उच्च श्रोतले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष प्रचण्डका निकट र विश्वासिला पात्र अग्नि सापकोटालाई सभामुख दिइने लगभग निश्चित भएको जनाइएको छ । यद्यपी सभामुखको चर्चामा नेतृ पंफा भुसाल, देव गुरुङ, हरिबोल गजुरेल, पूर्वसभामुख सुवास नेम्वाङ र उपभामुख शिवमाया तुम्बाहाम्फे समेत रहेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले पाएका कारण सभामुख पूर्वएमालेलाई दिन प्रचण्ड लचिलो बनेको समाचारलाई खारेज गर्दै नेकपाको उच्च श्रोतले भनेको छ– सभामुख पद कसलाई दिने बारेमा टुंग्याउन अध्यक्ष ओलीले प्रचण्डलाई अधिकार दिइसक्नु भएको छ र सो बारेमा प्रचण्डले अग्निजीको नाम पनि भनिसक्नु भएको छ ।’

यसबिच सभामुखको चर्चामा रहेका नेता हरिवोल गजुरेलको पनि अग्निको नाममा समर्थन रहेको श्रोतले बताएको छ । यसबारेमा नेता गजुरेलले संसारन्युजसँगको प्रतिक्रियामा भने–‘यो मैले बोल्ने भन्दा पनि पार्टीले निर्णय गर्ने कुरा हो ।’

राष्ट्रपति विद्या भण्डारी निकटहरुबाट सभामुखको चर्चामा ल्याइएकी र स्वत सभामुखको हकदावी गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे समानुपातिकबाट संसदमा आएकी हुँदा सभामुख बन्न सहज नहुने टिप्पणीहरु पनि आएका छन् भने पूर्वसभामु्ख नेम्वाङले आफ्नो विगतको शालिनतालाई छाडेर महरा प्रकरणमा अनावस्यक बोलेको र बढि हौसिएको कुरा पनि प्रचारमा आएका छन् ।

नेकपाको अर्को श्रोत भन्छ, ‘महिलालाई नै सभामुख दिने स्थिति रह्यो भने नेतृ पम्फा भुसालको सम्भावना पनि उत्तिकै छ । ’

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १६:०९ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...