back
CTIZAN AD

एनआरएनए अध्यक्षद्वारा साग बिजेताहरुलाई बधाई, प्रतियोगिताहरुमा एनआरएनहरुलाई सहभागी गराउन आग्रह

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

855 

shares

गैरआवासीय नेपाली संघले हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउनेहरु सबैमा बधाई व्यक्त गरेको छ । संघका अध्यक्ष कुमार पन्तद्वारा सार्वजनिक गरिएको बधाई तथा शुभकामना सन्देशमा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गरिएको छ ।

संघद्वारा जारी शुभकामना सन्देशमा नेपाललाई ५१ स्वर्ण, ६० रजत र ९५ कास्य (२०६) पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई बधाई दिइएको छ ।

विशेषत : पौडी प्रतियोगितामा सहभागी यूके निवासी गैरआवासीय नेपाली खेलाडी गौरिका सिंह (४ स्वर्ण, २ रजत र ३ कास्य) र लन टेनिस (सिंगल) तर्फ अष्ट्रेलिया निवासी संरक्षक बज्राचार्य (१ कास्य) ले प्राप्त गरेको सफलताले आफूहरु अत्यन्त उत्साहित भएको उल्लेख छ ।

‘दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने हाम्रो सोचलाई उहाँहरुले प्राप्त गरेको सफलताले थप बलियो बनाएको महसुस गरेका छौँ” शुभकामनामा भनिएको छ ।

गैरआवासीय नेपाली खेलाडीलाई नेपालमा आयोजना हुने विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सहज वातावरणको निर्माणतर्फ संघ सदैव प्रयत्नरत रहेको र सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् लगायत नेपाल सरकारका सरोकारवाला निकायसँग पनि संघले निरन्तर छलफल भैरहेको जानकारी गराइएको छ ।

‘यसरी मिलेर जाने कुरामा अझै केही प्रशासनिक र कानूनी झन्झटलाई यथावत रहेकोप्रति संघ नेपाल सरकारसहित राष्ट्रिय खेलकुद परिषद् लगायत सम्वद्ध सबैको ध्यानाकार्षण गराउँदछ’ भनिएको छ ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १६:४२ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...