back
CTIZAN AD

पक्राउ गरिएका १४० आप्रवासीलाई घर फर्काइदियो लिवियाले

वि.सं.२०७६ मंसिर २८ शनिवार

783 

shares

२८ मङ्सिर, त्रिपोली ।  केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ ।

ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए । उनीहरुलाई केही दिनदेखि लिबियाको आप्रवासन केन्द्रमा राखिएको थियो ।

यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरमा प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो । सोही शहरमा रहेको आप्रवासन केन्द्रमा केही दिन राखेपछि उनीहरुलाई सोही स्थानबाट फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।
उक्त आप्रवासन केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार स्वदेश फर्काइएका ती नागरिक अफ्रिकी मुलुकहरु चाड र सुडानका रहेका छन् । उनीहरु सो बाटो भएर युरोप प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए ।

अफ्रिकी मुलुक चाड र सुडान सरकारसँगको परामर्श र सहकार्यपछि उनीहरुलाई आफ्नै देश फिर्ता गरिएको उल्लेख छ । युरोप प्रवेश गर्नका लागि अधिकांश अफ्रिकी मूलका नागरिकले लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् ।
पछिल्ला केही वर्षयतादेखि लिबियामा असुरक्षा बढ्दो मात्रा छाएको छ । यहाँको राजनीतिक अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । उनीहरु त्यसबाट बच्न पनि लिबिया भएर युरोपमा शरण माग्ने गरेका छन् ।

सन् २०११ मा तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन पतन भएको थियो । उनको शासनको अन्त्यसँगै लिबियामा त्यस पछिका वर्षहरुमा झनै असुरक्षा बढ्दै गएको पनि बताइएको छ ।

हाल लिबियामा कम्तीमा पनि ६ लाख अवैध आप्रवासी बसी आएका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताइएको छ ।

अन्तर्रा्ष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार यति ठूलो संख्याका नागरिकलाई ठूलो मात्रामा सहायताको खाँचो रहेको भए पनि त्यसो हुन नसकेको बताइएको छ ।

सुरक्षाकर्मीले पक्राउ गरेका यहाँका हजारौं आप्रवासीलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । सो सङ्गठनले जनाएअनुसार असुरक्षाको कारण देखाउँदै अन्तर्रा्ष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु नै बन्द गर्न आग्रह गरेका छन् ।
तर पनि लिबिया सरकारले भने यी शिविर बन्द गर्न अस्वीकार गर्दै आएको छ । ती शिविरमा प्रत्येक महिनाजसो समुद्रबाट उद्धार गरिएका वा असुरक्षाबाट भाग्न खोजेका लिबियाली र अरु देशका शरणार्थीहरुलाई समेत राख्ने गरिएको छ । सिन्ह्वा

वि.सं.२०७६ मंसिर २८ शनिवार १४:१६ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...