२९ मङ्सिर, काठमाडौं । विभिन्न पेशा, व्यवसायमा संलग्न रहेर काठमाडौं उपत्यकामा बसोबास गर्ने झापालीहरुको साझा संंस्था झापा सेवा समाज, काठमाडौंले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरको गोदाबारीमा शनिबार सम्पन्न बनभोज कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला मन्त्री हिक्मत बहादु कार्की, संधिय संसद प्रतिनिधि सभाकी सांसद धर्मशिला चापागाईं, राष्ट्रियसभाकी सांसद सरिता प्रसाईं, प्रदे नं ३ का प्रदेश सासद दिपेन्द्र श्रेष्ठ, अनेरास्ववियूका सहसंयोजक रंजित तामाङ लगायतका अतिथिहरुको उपस्थिति थियो ।

बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाकी सांसद चापागाईले कामको सिलसिलामा राजधानीमा बसोबास गर्ने झापालीहरुले एक अर्कालाई सहयोग गर्नुपर्ने धारणा राखिन् । पूर्वस्वस्थ्यराज्यमन्त्री समेत रहेकी चापागार्इँले राजधानीका बिभिन्न अस्पतालहरुमा रोगहरुले थलिएका झापाली बिरामिहरु रहेकोले उनीहरुको उपचारमा झापालीहरुले सक्दो सहयोग गनु्र्रपर्ने धारणा समेत राखिन् ।
कचन कवलमा रहेको जानकी माविको पुस्तकालयको सहयोगार्थ आयोजना गरिएको उक्त बनभोजमा प्रदेश सरकारको तर्फबाट कम्तिमा ५० हजार बराबरको सहयोग उपलब्ध गराउने प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री कार्कीले घोषणा गरे । उनले प्रदेश १ सरकारले प्रदेशमा रहेका करिब १८ सय सरकारी तथा निजी बिद्यालयका कक्षा ९देखि १२ सम्मका करीब २ लाख बिद्यार्थीहरुका बिचमा ‘म गर्छु’ अभियान सन्चालन गर्न लागेको जानकारी पनि दिए ।

उक्त अभियान सन्चालन गर्न प्रत्येक विद्यालयमा सगरमाथा टिन्स क्लब गठन गरिएको जानकारी दिदैं उक्त अभियानले नयाँ यूवा पुस्तालाई नैतिक शिक्षा सिकाउन र दुब्र्यसनमा नलाग्नका लागि उत्प्रेरित गर्ने प्रदेश सरकारको विश्वास रहेको उनले वताए ।
प्रदेश ३ का सांसद श्रेष्ठले आफ्नो क्षेत्रमा बसोबास गर्ने झापालीहरुलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिए । उनी काठमाडौं क्षेत्र नं १ ख का प्रदेश सांसद हुन् ।
बनभोज कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण भण्डारीले आगामी दिनमा अझ राम्रा कार्यक्रम गर्ने उर्जा आएको बताए ।
वि.सं.२०७६ मंसिर २९ आइतवार ०९:१४ मा प्रकाशित


























