back
CTIZAN AD

शिलशिला गाउँबेशी अनलाइन रोधीघरद्वारा चेपाङ बालबालिकालाई ब्ल्याङकेट वितरण

वि.सं.२०७६ मंसिर २९ आइतवार

1.1K 

shares

२९ मंसिर, काठमाण्डौं । सिलसिला गाउँबेसी अनलाइन रोधिघरले चितवनमा रहेको चेपाङ केन्द्रका बालबालिकालाई न्यानो कम्बल वितरण गरेको छ ।
संस्थाले चितवन जिल्लाको रत्ननगरमा रहेको गाउँबेसि चेपाङ संरक्षण केन्द्र सँग प्रत्ययक्ष जोडिएर आफ्नो दोश्रो बार्षिक उत्सबको अवसर पारेर जाडोको मौसममा चेपाङ केन्द्रका बालबालिकाहरुलाई न्यानो महसुस गरुन् भनेर ५०, थान बाल्यङकेट हस्तान्तरण गरेको जनाएको छ ।

उक्त अभियानका लागि बल नारायण श्रेष्ठ (राजन) को संयोजकत्वमा संस्थाका अध्यक्ष दिपेन्द्र बानिया, उपाध्यक्ष सरु गिरी, कोषाध्यक्ष शिला गुरुङ, सचिव संगिता भुजेल, संयोजक प्रताप अधिकारी, व्यवस्थापक अन्जना मगर, यसोधा ढकाल, हरि गोतामे, निरु श्रेष्ठ, अन्जु ठकुरी, प्र. सल्लाहकार ममता मगर, राजनजंग बस्नेत, भरत थापा, कृष्ण बहादुर कार्की, माया क्षेत्रीले उल्लेख्य भूमिका खेलेका थिए ।


त्यसैगरी यस अभियानका लागि प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याएका युवा सामाजिक अभियन्ता अर्जुन भुसाल, प्रकाश श्रेष्ठ, बिस्नु माया श्रेष्ठ, निर्मला श्रेष्ठ, रुप नारायण श्रेष्ठ, लगायतले कार्यक्रममा सहभागी रहेका व्यक्तित्वहरुलाई पनि शिलशिलाले सम्मान गरेको जनाइएको छ ।

सोहि अवसरमा शिलशिला गाउबेशी अन्लाईन रोधी घरका समस्त परिवार यि सम्पुर्ण बालबालिकाको भबिस्य उज्यालो होस् भन्ने कामना गर्दै चेपाङ संरक्षण केन्द्रका प्रमुख केपि किरण शर्माप्रति उच्च सम्मान गरेको बताइएको छ ।
जङ्गलमा गिठा भ्याकुर खोजी जिवीका चलाउदै आएका बालबालिका जस्लाइ पढ्न लेख्नु पर्छ भन्ने कुरा थाहासम्म नभएकालाई सस्थामा आश्रय दिएर शर्माले समाजमा उदाहरणीय काम गरेको भन्दै संस्थाले धन्यवाद समेत दिएको छ ।

त्यस्तै अफ्रिकाको सिसेल्समा रहेर संस्थालाइ प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएका रत्ननगर ४ चितवन निवासीे समाजसेवि राम प्रसाद पन्तप्रति पनि संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।

संस्थाले कार्यक्रमका उद्घोषण प्रताप डल्लाकोटीलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

२०७४ साल देखी सामाजिक सन्जालमा स्थापित भएको अनलाइनको मुख्य उद्धेश्य नेपाली लोक सस्कृतिलाई जगेर्ना गर्दै संसारभर उजागर गर्ने र अन्लाईनमार्फत् सामजिक अभियानमा खटेर दुःखी पीडितको उद्धार गर्ने तथा समाजमा हुने बिसङगतिलाई कसरी सुधार गर्न सकिन्छ भन्ने लगायत रहेको अनलाइनले जनाएको छ ।

संस्थाले देशमा बसेर विभिन्न सामाजिक कार्यमा लाग्दै आएका साथीभाइसँग समन्वय गरि सन्चालक समिति खडा गरेर संस्थाको कानुमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आएको बताएको छ ।

सहयोगी दाताहरुको नाम यसप्रकार रहेको छ 

दिपेन्द्र बानिया साउदी रु. ५०००, सरु गिरी नेपाल रु. १००००, शिला गुरुङ कुवेत १००००, ममता मगर साइप्रस रु.५०००, बल नारायण श्रेष्ठ कतार रु. १००००, प्रताप अधिकारी कतार रु. ५०००, भरत थापा ईन्डिया रु. ५०००, यसोदा ढकाल नेपाल रु. २०००, शिलशिला गा. अ.रो.घर . रु. ३६५००, संगीता भुजेल नेपालबाट रु. १५०० प्राप्त भएको संस्थाले जनाएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १२:०६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...