back
CTIZAN AD

हिमपात भएसँगै चिसोले जनजीवन प्रभावित , सञ्चार सेवा पूर्णरूपमा बन्द

वि.सं.२०७६ मंसिर २९ आइतवार

723 

shares

२९ मसिंर, बाजुरा । सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।

बाजुरासहित आसपासका जिल्लाको सञ्चार शनिबार बिहानदेखि पूर्णरूपमा बन्द भएको छ । अप्टिकल फाइबरमा आएको खराबी र हिमपातले टेलिफोनको टावरमा पु¥याएको समस्याका कारण बाजुरासहितका आसपासका जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराले जनाएको छ ।

टेलिकमका सबै सेवा अवरुद्ध छन् भने इन्टरनेट सेवा पनि पूर्णरूपमा बन्द छ । जिल्लामा सञ्चालित नमस्ते, स्काइ, ल्याण्डलाइनसहितका फोन अवरुद्ध छन् भने एडिएसएल, वल्र्डलिङ्क, सुबिसुसहितका इन्टरनेट सेवा पनि अवरुद्ध छन् । फोन, इमेल इन्टरनेटसहितका सुविधा नहुँदा सरकारी तथा गैरसरकारी कार्यालय तथा सञ्चारमाध्यम बढी प्रभावित भएका छन् ।

हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग पुगेको किसानको भनाइ छ ।

बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानामा पर्ने पोरखे लेकमा भएको भारी हिमपातले गर्दा बाजुरा जिल्लाको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । जिल्लाका अधिकांश स्थानमा चार÷पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । मार्तडीबाट कोल्टी र कोल्टीबाट मार्तडी आउने सवारी साधन ढम्कने र पाण्डुसैनमा रोकिएका छन् । गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जीप सञ्चालन हुन नसकेको यातायात व्यवसायी मदन महतले बताए ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १२:१२ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...