दीपेन्द्र पोखरेल
कार्यकारी प्रमुख,
आइसीसी एब्रोर्ड स्टडी कन्सल्ट
हामीले मुख्यतः जापानलाई टार्गेट गरेका हौं । तर, म आफैं पनि आइएलटिएसको शिक्षक हुनाले अमेरिका, अष्टे«लीया, डेनमार्क लगायतम देशमा पठाउने सोंचमा छु ।
देशलाई मैले के दिनुपर्छ भन्दा पनि देशले मलाई के दिन्छ भनेर हात थाप्ने नेपाली युवाहरुको जमात बाक्लै छ । एकातिर राज्यले युवाहरुलाई रोजगारीको सृजना गर्न सकिरहेको छैन भने अर्काेतिर युवाहरु पनि स्वरोगार बन्न सकिरहेका छैनन् । डिग्रीको प्रमाणपत्र हातमा बोकेर युवाहरु रोजगारीको लागि भौतारिरहेका छन् र राज्यलाई गाली गरिरहेका छन् । तर कसरी स्वरोजगार बन्न सकिन्छ भन्नेतिर युवाहरुको ध्यान केन्द्रित हुन नसकेको भने सत्य हो । पाँचथर जिल्लामा जन्मिएर झण्डै दुई दशकदेखि काठमाण्डौंलाई कर्मथलो बनाएका युवा दिपेन्द्र पोखरेल भने स्वरोजगार बन्न र रोजगार दिनको लागि सरकारी जागिर छोडेर लागि परेका छन् । माध्यामिक तहको दरबन्दी, उच्चमावि र क्याम्पसको प्राध्यापन पेशालाई छोडेर केही समयदेखि उनले काठमाण्डौंको बागबजारमा आइसीसी एब्रोर्ड स्टडी कन्सल्टको स्थापना गरेका छन् । किन छोडे प्राध्यापन पेशा ? के स्वरोजगार बन्न सजिलो छ ? स्वरोजगार बन्ने सम्भावना के के छन् ? यसै विषयमा केन्द्रित रहेर संसार न्युज डटकमका लागि पोखरेलसँग संगीता पनेरुले गरेको कुराकानी ः
लामो समय शिक्षण सेवामा बिताएको मान्छे कसरी व्यवसायमा आकर्षित हुनुभयो ?
मैले सरकारी विद्यालय र कलेजहरुमा पढाउनु भन्दा पहिले निजी क्षेत्रमा काम गरेको थिए । त्यहाँ काम गर्दा व्यवसाय संचालन गर्ने विधि र प्रक्रियाहरु बुझें । सँधै अरुकोमा मात्र कति काम गर्ने आफैं स्वरोजगार बनौ र अरुलाई रोजगार सृजना गर्न सकौं भनेर आइसीसी एब्रोर्ड स्टडी कन्सल्टको स्थापना गरेको हुँ ।
योग्यता र क्षमताअनुसार तपाईं सरकारी शिक्षक नै बन्नु पर्ने होइन र ?
मलाई के लाग्छ भने सरकारी जागिर नै महत्वपूर्ण चिज होइन । सरकारी जागीरले सामान्य गुजारा चलाउन समस्या नहुने हो । तर, आर्थिक रुपमा फड्को मार्ने उत्तम विकल्प भनेको चाँही व्यवसाय नै हो । मैले स्नात्तोकर तह उत्तिर्ण गर्नुभन्दा अगाडी इन्सिच्युट खोलेर बसेको थिएँ । पछि नुवाकोटको कुमरी गाविसमा रहेको विरेन्द्र उच्च मावि र कुमरी नमुना बहुमुखी क्याम्पसमा अंग्रेजी शिक्षकको रुपमा काम गरें । पछि पुनः काठमाण्डौं फर्किएपछि किष्ट कलेज, भियत निकेतन र गितामातामा पढाएँ । तर पनि म सन्तुष्ट हुन सकिन र असल शिक्षक बन्न छोडेर असल व्यवसायी बन्ने कसरतमा लागें ।
तपाई एक्लैले त पक्कै यो योजना बनाउनु भएन होला । यसको पछाडी कसको साथ रहयो ?
यसमा मेरो श्रीमतिको साथ रहेको छ । उनी केही समय जापान बसेर आएकी हुन् । उनी त्यहाँ बस्दा र पढ्दा केही कलेज र युर्निभरसिटीहरुमा च्यानल बनाएर आएकी छिन् । हामीले सिधै सम्पर्क गरेर विद्यार्थीहरुलाई त्यहाँ पठाउन सक्छौं र पार्ट टाइम कामको पनि व्यवस्था मिलाइदिनेछौं । प्रायः अरु कन्सल्टेन्सीहरुले यस्तो काम गर्दैनन् ।
तपाईको यो कन्सल्टेन्सीबाट कुन कुन देश पठाउनुहुन्छ ?
हामीले मुख्यतः जापानलाई टार्गेट गरेका हौं । तर, म आफैं पनि आइएलटिएसको शिक्षक हुनाले अमेरिका, अष्टे«लीया, डेनमार्क लगायतम देशमा पठाउने सोंचमा छु ।
पछिल्लो समय केही कन्सल्टेन्सीहरुले विद्यार्थी पठाउने नाममा गैरकानुनी काम पनि गरिहेका छन् ? सेवा भन्दा पनि नाफा कमाउने उदेश्यले खोलिएका धेरै यस्ता कन्सल्टेन्सीहरु छन् तपाईको मुख्य उदेश्य चाँही के हो ?
व्यवसायी भएपछि थोरै नाफाको अपेक्षा गर्नु त स्वभाविक नै हो । तर, गैरकानुनी रुपमा व्यवसाय गर्नु भनेको कानुनको अवज्ञा गर्नु हो । प्राय: विद्यार्थीहरु विदेश पढ्न भन्दा पनि कमाउने सोंचले गएका हुन्छन् । त्यसैले उनीहरुलाई त्यहाँ जाने वातावरण मिलाइदिनु कन्सल्टेन्सीको सेवा हो । आफूले सेवा गरेबापत केही नाफाको अपेक्षा त व्यवसायीले गर्छ नै । तर हाम्रो कन्सल्टेन्सी भने थोरै नाफा र धेरै सेवामुलक हुनेछ ।
धेरै युवाहरु रोजगारी भएन भनेर भौतारिरहेका छन् तपाई पनि एउटा युवा के भन्नुहुन्छ ति युवाहरुलाई ?
सर्वप्रथम त म के भन्छु भने हामीले सके रोजगार खोज्ने नभए स्वरोजगा बन्ने प्रयामा लाग्नुपर्छ जस्तो लाग्छ । सरकारको काम व्यवस्थापन गरिदिने हो तर हाम्रो देशमा त्यो वातावरण मिलाउन सकेको छैन राज्यले । त्यसमा राज्य दोषी छ । तर हामीले पनि खाली राज्यको मुख मात्र ताकेर बसिरहनु हुँदैन जस्तो लाग्छ । आफ्नो दक्षता र क्षमता अनुसारको काम गर्न अघि सर्नुपर्छ । सकेसम्म स्वरोजगार बन्ने प्रयासमा लाग्नुपर्छ ।
वि.सं.२०७३ मंसिर २० सोमवार ०७:१३ मा प्रकाशित