back

बसन्त फिल्मस प्रा.लि. ले ल्यायो सौगात काफ्लेको ‘जाओ आँसु बगेर जाओ’

वि.सं.२०७३ मंसिर २० सोमवार

633 

shares
GLOBAL IME AD
NTC AD

jau-aasu-jau

कुमार ‘अविरल’ पन्थी, काठमाडौं । बसन्त फिल्मस प्रा.लि.को प्रस्तुतिमा सौगात काफ्लेको लोक तथा दोहोरी गीति एल्बम ‘जाओ आँसु बगेर जाओ’ बजारमा आएको छ । गितलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई समेटेर गितहरु तयार हुदै आएका छन् । नेपाली बजारमा एल्वमहरु बिक्न पनि छोडिसके, अहिले भिडियो नबनाए सम्म गित कुनै पनि मिडियामा नबज्ने भइसकेका छन । यतिबेला मात्र युट्युवको भरमा कलाकारहरुले नयाँ एल्वमहरु निकाल्ने गरेका छन् ।

भर्खरै मात्र सार्वजनिक भएर निकै चर्चामा रहेको ‘जाओ आशु बगेर जाओ’ बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुराहरुलाई समेटर तयार गरिएको छ । कतै धन त कतै माया, धन भन्दा माया ठुलो हो या माया भन्दा धन, यस्तै विषय वस्तुलाई समेटेर बनेको गित एउटा वियोगान्त कथामा आधारित छ ।

‘पैसा बिना पिरती टिकेन, अरु छैन यो मुटु बिकेन’ जस्ता शब्दले सजिएको गीतमा चर्चित सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा रहेको छ भने चर्चित गायक कुलेन्द्र वि.क. र लोकप्रिय गायिका देवि घर्ति मगरको स्वर रहेको छ ।
यतिबेला बजारमा सर्बत्र चर्चा बटुल्न सफल गित ‘जाओ आशु बगेर जाओ’ बोलको गीतमा प्रकास भट्टको निर्देशन रहेको भिडियोमा ईश्वर काफ्ले र रन्जिता गुरुङले अभिनय गरेका छन । यतिबेला ईश्वर काफ्ले पहिलो पटक दृश्यमा देखिएका छन । उनी युवा समाजसेवी, कलाकार र नेपाली सङ्गीत क्षेत्रलाई निकै माया गर्ने व्यक्तित्व हुन । भिडियोलाई करन चैसिरले छायाँकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन । ‘जाओ आशु बगेर जाओ’ बोलको गितलाई बसन्त फिल्मस प्रा.ली.ले बजार व्यवस्थापन गरेको हो ।

वि.सं.२०७३ मंसिर २० सोमवार ०७:३४ मा प्रकाशित

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ,...

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा...

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

काठमाडौं । नेपालमा प्रख्यात रहेको रियालिटी टिभी शो ‘ द...