back
CTIZAN AD

बसन्त फिल्मस प्रा.लि. ले ल्यायो सौगात काफ्लेको ‘जाओ आँसु बगेर जाओ’

वि.सं.२०७३ मंसिर २० सोमवार

1K 

shares

jau-aasu-jau

कुमार ‘अविरल’ पन्थी, काठमाडौं । बसन्त फिल्मस प्रा.लि.को प्रस्तुतिमा सौगात काफ्लेको लोक तथा दोहोरी गीति एल्बम ‘जाओ आँसु बगेर जाओ’ बजारमा आएको छ । गितलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई समेटेर गितहरु तयार हुदै आएका छन् । नेपाली बजारमा एल्वमहरु बिक्न पनि छोडिसके, अहिले भिडियो नबनाए सम्म गित कुनै पनि मिडियामा नबज्ने भइसकेका छन । यतिबेला मात्र युट्युवको भरमा कलाकारहरुले नयाँ एल्वमहरु निकाल्ने गरेका छन् ।

भर्खरै मात्र सार्वजनिक भएर निकै चर्चामा रहेको ‘जाओ आशु बगेर जाओ’ बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुराहरुलाई समेटर तयार गरिएको छ । कतै धन त कतै माया, धन भन्दा माया ठुलो हो या माया भन्दा धन, यस्तै विषय वस्तुलाई समेटेर बनेको गित एउटा वियोगान्त कथामा आधारित छ ।

‘पैसा बिना पिरती टिकेन, अरु छैन यो मुटु बिकेन’ जस्ता शब्दले सजिएको गीतमा चर्चित सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा रहेको छ भने चर्चित गायक कुलेन्द्र वि.क. र लोकप्रिय गायिका देवि घर्ति मगरको स्वर रहेको छ ।
यतिबेला बजारमा सर्बत्र चर्चा बटुल्न सफल गित ‘जाओ आशु बगेर जाओ’ बोलको गीतमा प्रकास भट्टको निर्देशन रहेको भिडियोमा ईश्वर काफ्ले र रन्जिता गुरुङले अभिनय गरेका छन । यतिबेला ईश्वर काफ्ले पहिलो पटक दृश्यमा देखिएका छन । उनी युवा समाजसेवी, कलाकार र नेपाली सङ्गीत क्षेत्रलाई निकै माया गर्ने व्यक्तित्व हुन । भिडियोलाई करन चैसिरले छायाँकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन । ‘जाओ आशु बगेर जाओ’ बोलको गितलाई बसन्त फिल्मस प्रा.ली.ले बजार व्यवस्थापन गरेको हो ।

वि.सं.२०७३ मंसिर २० सोमवार ०७:३४ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...