back
CTIZAN AD

गाउँमा जनताको समस्या सुन्दै सांसद किराती

वि.सं.२०७६ मंसिर ३० सोमवार

1K 

shares

३० मङ्सिर, भोजपुर । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित सङ्घीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानीलगायतका समस्या समाधानमा भूमिका खेल्ने बताइरहेका छन् ।

सांसद राईले भने, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ ।’’ कतिपय स्थानीयले अन्य सबै सुविधा नदिए पनि बाँदरको कारण बस्तीखाली भएको बताउँदै सो समस्या समाधान गरिदिन माग गरेका छन् । जनताको जिज्ञासामा सांसद राईले भने, ‘‘ जिल्लामा धेरै समस्या छन् तर बाँदरको समस्याले बस्तीखाली भएको सुनाएका छन्, यस विषयमा म संसद्मा कुरा उठाउँछु ।’’

अभियानबाट जनताले केन्द्र सरकारले के गरिरहेको छ, प्रदेश सरकारको योजना कस्तो छ, स्थानीय सरकारको भूमिकाको विषयमा जानकारी लिइरहेका छन् । जनता नै आफ्नो पाठशाला रहेको बताउने राईले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताए । आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीय ज्ञानेन्द्र राईले भने, ‘‘आफूले जिताएको सांसदसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम अन्य सांसदले पनि ल्याउन आवश्यक छ ।’’

सांसद किरातीले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस पटक उनले एक महिनासम्म गाउँगाउँ डुलेर जनताका समस्या सुनेका हुन् । भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १५:३९ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...