back
CTIZAN AD

वर्षाका कारण पाँच करोडको इँटा नष्ट

वि.सं.२०७६ मंसिर ३० सोमवार

774 

shares

३० मङ्सिर, बाँके । यस वर्ष बाँकेका इँटा व्यवसायीले बनाएको काँचो इँटाको चाङ शुक्रबार दिनभरको वर्षाका कारण गलेर नष्ट भएको छ । मौसमको शुरुमै इँटा गलेपछि बाँकेमा इँटा उत्पादन घट्ने भएको छ । मङ्सिरदेखि जेठ महिना इँटा उत्पादनको समय हो । इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले वर्षातका कारण व्यवसायीले करोडौँको नोक्सान व्यहोर्नु परेको बताए । बाँकेमा २० लाख काँचो इँटा काम नलाग्ने भएको अध्यक्ष खाँले बताए ।

सङ्घका कार्यालय सचिव सूर्य पौडेलले वर्षातले चाङका इँटा काम नै नलाग्ने गरी नष्ट भएको बताए । इँटा व्यवसायी सङ्घले रु तीन करोड वटा इँटा पानीले गलाएको जनाएको छ । “व्यवसायीसँग नोक्सानबारे बुझ्ने काम भइरहेको छ,हालसम्मको नोक्सान हेर्दा रु पाँच करोडभन्दा बढी नोक्सान भएको व्यवसायीको अनुमान छ ।”

हरेक वर्ष अकस्मात हुने वर्षाले इँटा व्यवसायीको करोडौँ नोक्सान हुने गरेको छ । खुला आकाशमुनि बनाइने इँटा नपकाउँदासम्म जोखिम रहन्छ । “काँचो इँटाको बीमा हुँदैन, बीमाको व्यवस्था भए नोक्सान कम हुन्थ्यो, तर हाम्रो सुनुवाई कसैले गर्दैन ।” बाँकेमा ५० बढी इँटा व्यवसायी छन् । इँटा उत्पादकहरुले मौसममा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् ।

एक पटकमा ५÷६ लाखसम्म इँटा तयार पारिन्छ । सरकारले विसं २०७० असोजदेखि अनिवार्यरुपमा इँटाको कारोवारलाई मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।

किसानलाई वर्षाको पानी धेरै

वर्षाका कारण बाँकेका किसानहरुले लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकताभन्दा धेरै पानी जमेर नोक्सानी पु¥याएको हो । बाँकेका पानी जम्ने अधिकांश खेतमा लगाइएको बालीमा ९० प्रतिशत बढी क्षति पुगेको किसानले बताएका छन् । उच्च स्थानमा लगाएको बाली ३०÷४० प्रतिशतसम्म नोक्सानी पु¥याएको सीतापुरका किसान यमबहादुर महतराले जानकारी दिए ।

उनले किसानको खेतबारीमा ठूलो नोक्सानी हँुदासमेत कृषि ज्ञान केन्द्रले चासो नदेखाएको गुनासो गरे । बाँकेको ८ वटै स्थानीय तहका किसानलाई वर्षभरी खान लगाइएको बालीलाई एकैदिन परेको पानीले नोक्सान पारेपछि यो वर्ष दलहन तथा तेलहन बालीको उत्पादन घट्ने बाली वैज्ञानिक रामदास चौधरीले बताए । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जमेको पानी कटाउन सकिए नोक्सानी कम हुने प्रतिक्रिया दिए ।

उनले शनिबारदेखि घाम लागेकाले गहुँ बालीमा भने कम नोक्सानी हुने बताए । वर्षातले मसुरोलगायत अन्य हिउँदे बालीको परीक्षण र बीउ उत्पादनमा प्रतिकूल असर पुगेको कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र दराईले जानकारी दिए । पानीका कारण पुगेको असरले लक्ष्यअनुसार प्रगति नहुने देखिएको संयोजक दराईले बताए । बीउ उत्पादनका लागि बनाइएको नर्सरीमा समेत ७० प्रतिशत नोक्सानी भएको उनको भनाइ छ ।

अनुसन्धान कार्यक्रममा बीउ उत्पादन कार्यक्रमका लागि चार हेक्टरभित्र ५० वटा व्याडहरु बनाएर अनुसन्धान गरिएको छ । कोशेबाली कार्यक्रमले विशेषगरी दलहनमा चना, राजमा र मसुरोलाई प्राथमिकता दिएर अनुसन्धान गरिरहेको दराईले जानकारी दिए । जमेको पानीलाई बाहिर फालेको र अब हुनसक्ने ढुसीको प्रभावलाई रोक्न प्रयास थालिएको उनले बताए । (रासस)

वि.सं.२०७६ मंसिर ३० सोमवार १५:२८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...