back
CTIZAN AD

छैटौँ तारेभीर महोत्सवको तयारी शुरु

वि.सं.२०७६ मंसिर ३० सोमवार

828 

shares

३० मङ्सिर, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर राजधानीमा रहेको पर्यटकीयस्थल तारेभीरमा ‘छैटौँ तारेभीर पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ ।

विसं २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै घ्यू चाकु दिवससमेत मनाउन लागिएको हो । यसवर्ष भ्रमण वर्षको अवसर पारेर प्रदेश नं ३ सरकार, गोकर्णेश्वर नगरपालिका लगायत निकायको समेत सहयोगमा महोत्सव सफल बनाउने विषयमा आज प्रारम्भिक भेला गरी छलफल गरिएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिए ।

महोत्सवका लागि प्रदेश सरकारले रु पाँच लाख र नगरपालिकाले रु तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वडा नं। ३ मा पर्ने तारेभीरबाट उपत्यकाका सबै स्थानको दृश्य देख्न सकिन्छ । महोत्सवलाई सफल पार्न सफाइ अभियान आजैदेखि शुरु भएको जनाइएको छ । महोत्सवमा साहित्य सम्मेलन, तस्वीर, स्थानीय उत्पादन, तामाङ जातिको खाना, सामान र वेषभूषा प्रदर्शनी गरिनेछ । महोत्सव आगामी पुस २८, २९ र माघ १ गते तीन दिनसम्म भव्यरुपमा गर्ने विषयमा पुस ५ गते थप छलफलसमेत गरिने प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिए ।

महोत्सव सफल पार्न यसवर्ष तारेभीर महिला समूहले विशेष सक्रियता देखाएको छ । महोत्सव अघि नै गोकर्णबाट तारेभीर पुग्ने करिब १० किमी सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । भूकम्पले क्षति पुगेको यो सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २९ करोड लागतमा निर्माण भइरहेको हो । बढी पानी आइरहने भिरालो स्थानमा ढलान गरी सडक पूर्वाधार निर्माण गर्न अनुरोध गरिएको वडा नं। ३ का अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको उनले सुनाए ।

महोत्सव समापन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तारेभीर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको भागमा पर्दछ ।

तारेभीर नजिकै बूढानीलकण्ठ नगरपालिकाको सीमा पनि जोडिने भएकाले पुस ५ गतेको भेलामा दुवै नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई समेत छलफलका लागि डाकिएको जनाइएको छ । फुयाँल संविधानसभा सदस्य भएका बेला विसं २०७१ मा विशेष पहल गरी महोत्सव शुरु भएको हो ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १५:४९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...