back
CTIZAN AD

अलैँचीको भाउ नपाएपछि किसान चिन्तित

वि.सं.२०७३ मंसिर २० सोमवार

966 

shares

२० मङ्सिर,(हंशपुर) गोरखा । अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् ।

गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको अलैँची बिक्री नभएको हंशपुर–४ का विष्णुहरि अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “गतवर्ष विभिन्न क्षेत्रबाट व्यापारी आएर अलैँची लिएर जान्थे अहिले कोही आएका छैनन् ।”

गतवर्ष पूर्वी नेपालको झापा, इलामलगायतका क्षेत्रबाट आउने व्यापारीले स्थानीय व्यापारीसँग मिलेर अलैँची खरिद गर्दै आएका उहाँले बताउनुभयो ।

भूकम्पले जमिनको माटो हल्लाएको र चिस्यान हराउँदै गएकाले गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन घटेको सम्बद्ध किसान बताउँछन् । अलैँची उत्पादन बढदै गएको र प्रतिकेजी मूल्य बर्सेनि बढेपछि किसानले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गरेका थिए ।

गतवर्ष असोज, कात्तिकमै व्यापार हुने गरे पनि थोरै अलैँची फलेको यसवर्ष भने मङ्सिर तेस्रो हप्ता बितिसक्दा पनि अलैँचीको बिक्री हुन नसकेको किसान अङ्गराम दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो – “बोरामा अलैँची थुपारेका छौँ, अझै बिक्री भएको छैन ।”

गतवर्ष अलैँची प्रतिकिलो रु दुई हजार २५० मा बिक्री भएकामा अहिले व्यापारीले प्रतिकिलो जम्मा एक हजार ५०० मात्र दिएपछि अलैँची बिक्री नगरेको अर्का किसान सीता अधिकारीले जानकारी दिनुभयो ।

हंशपुर–९ का किसान किरण प्रधानले यसवर्ष अलैँचीको उत्पादनमा कमी आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “गतवर्ष एक क्विन्टल अलैँची बिक्री गरेको थिएँ, यसवर्ष २५ केजी मात्र उत्पादन भएको छ ।” किसानले गतवर्ष अलैँची बिक्री गरी रु छ करोड गाउँमा भित्र्याएका थिए । गोरखामा उत्पादन हुने अलैँची रामशाही जातको हो ।

उत्पादन भएको अलैँची बिक्री गर्न जिल्ला कृषि विकास कार्यालयले कुनै पहल नगरेको किसानहरुको गुनासो छ ।

कार्यालय प्रमुख यमकुमार श्रेष्ठले गत वर्ष अलैँची बिक्री वितरणमा कुनै पनि समस्या नरहेको हुँदा यसवर्ष पनि ढिलोचाँडो बिक्री हुने दाबी गर्नुभयो । उहाँले अलैँची बिक्रीका लागि कार्यालयले किसान र व्यापारीबीच सम्बन्ध गर्ने काममा लागेको स्पष्ट पार्नुभयो ।

श्रेष्ठले केही वर्षदेखि जिल्ला कृषि कार्यालयले अलैँचीको बेर्ना अनुदानमा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले भूकम्पपछि पानीका मुहान सुकेको, चिस्यान हराएको र ढुसीजस्ता रोगको सङ्क्रमणले अलैँचीको उत्पादन घटेको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २० सोमवार ०८:१० मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...