back
CTIZAN AD

लेबनानी राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री चयनका लागि गर्ने भनिएको परामर्श स्थगित

वि.सं.२०७६ पुस १ मंगलवार

750 

shares

१ पुस, बेरूत । एएफपी लेबनानका राष्ट्रपति मिसेल आउनले नयाँ प्रधानमन्त्री चयनका गर्न परामर्शका लागि बोलाएको बैठक सोमबार स्थगित गरेका छन् ।

लेबनानमा सरकारी सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएका झडपले गत हप्ताको अन्त्यतिर हिंसात्मकरूप लिएपछि प्रतिपक्षी आन्दोलनकारी र सत्ता पक्षका अधिकारीको प्रतिनिधित्वसहितको संसदीय परामर्श बैठकको आह्वान गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयले ट्वीटरमार्फत् गराएको जानकारीमा भनिएको छ, “राष्ट्रपति आउनले कामचलाउ प्रधानमन्त्री साद हरिरिको चाहना अनुरूप आगामी बिहीबारसम्म बैठक स्थगित गर्न गरिएको आग्रहपछि अन्तिम समयमा आएर बैठकलाई स्थगित गरेका छन् ।”

लेबनानमा भ्रष्टाचार र अर्थतन्त्र सुधार गर्ने वाचासहित सत्तामा पुगेका हरिरिले देशमा आफ्नो वचनअनुसार काम गर्न नसकेपछि प्रतिपक्षी दलले उहाँको राजिनामाको माग गर्दै सडक आन्दोलनमा उत्रेका थिए । आन्दोलनमा नागरिकको सहभागिता बढ्दै गएपछि हरिरिले अक्टोबर २९ मा राजिनामा गरेका थिए ।

त्यसपछि नयाँ प्रधानमन्त्रीको चयनका लागि राजनीतिक दलहरूमा व्यापक विभाजन देखिएपछि लेबनानले अझै नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।

वि.सं.२०७६ पुस १ मंगलवार १०:१० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...