back

राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना

वि.सं.२०७६ पुस २ बुधवार

432 

shares
IME Limited
NTC AD

२ पुस, काठमाडौँ । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।

नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन राम्रो सेवा प्रदान गर्न लाग्नुस्”, उनले भने । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्टरूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिए ।

महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गरेका थिए । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ ।

वि.सं.२०७६ पुस २ बुधवार १४:११ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...