back
CTIZAN AD

जिम्बाबेको मन्त्रीपरिषदबाट संविधान संशोधन प्रस्ताव पारित

वि.सं.२०७६ पुस २ बुधवार

600 

shares

२ पुस ।  जिम्बाबेको मन्त्रीपरिषदबाट संविधान संशोधन प्रस्ताव पारित भएको छ । सन् २०१३ मा मन्त्रीपरिषदबाट सहमति प्राप्त सो सर्वोच्च कानूनलाइ संसोधन गर्नको लागि मन्त्रीपरिषदमा प्र्रस्तावित प्रस्ताव पारित भएको हो ।

जिम्बावेको मन्त्रिपरिषदले मङ्गलबार संविधानमा धेरै संशोधनहरुलाई थप परिष्कृत गर्ने प्रयासको रुपमा अनुमोदन गरेको छ ।संविधान संशोधन प्रस्तावमा संविधानको धारा ९२ रहेको राष्ट्रपति चुनावमा उपराष्ट्रपति पनि संयुक्त रूपमा चुनिने प्रावधानलाई खारेज गर्नु पर्ने प्रमुख प्रस्तावको रुपमा रहेको छ ।

नयाँ संशोधनअन्तर्गत नवनिर्वाचित राष्ट्रपतिले पदग्रहणपछि दुईजनालाई उपराष्ट्रपति नियुक्त गर्न पाउने प्रस्ताव गरिएको छ ।राष्ट्रपतिबाट नियुक्त भएका ती उपराष्ट्रपतिहरुले प्रधान न्यायाधीशसमक्ष शपथ लिने सञ्चारमन्त्री तथा प्रवक्ता मोनिका मुसभाङवाले सञ्चार माध्यमलाई बताएका छन् ।

सञ्चारमन्त्री मोनिकाले उपराष्ट्रपति पदका शर्तहरु पनि संशोधन प्रस्तावमा रहेको बताएका छन् । संविधान संशोधन प्रस्तावमा राष्ट्रपति र उपराष्ट्रपतिको काम, कत्र्यव, अधिकारलगायत शारीरिक वा मानसिक असक्षमताको कारण कार्यालयको काम गर्न नसक्ने कुरा समेत समावेश गरिएको छ ।

वि.सं.२०७६ पुस २ बुधवार १३:५१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...