back
CTIZAN AD

पीपीएलः काठमाडौँले धनगढीलाई विशाल लक्ष्य दियो

वि.सं.२०७६ पुस २ बुधवार

687 

shares

२ पुस, काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई जितको लागि १८६ रनको लक्ष्य दिएको छ ।

पोखरा रङ्गशालामा आज बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएका काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रनको योगफल बनायो ।

काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेर पहिलो शतक आफ्नो नाममा लेखाउन सफल भए । उनले ३७ बलमै शतक प्रहार गरे । यो पीपीएलकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान छन् । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरे । शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए ।

बलिङतर्फ धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा छ भने धनगढी दोस्रो जितको खोजीमा छ । यसअघि दुई खेलमा काठमाडौँ पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो ।

यस्तै सोमबार भएको पहिलो खेलमा धनगढीले विराटनगरलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको थियो । एक जित निकालेको धनगढी २ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ अङ्क तालिकाको पुछारमा रहेको छ ।

वि.सं.२०७६ पुस २ बुधवार १३:४३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...