back
CTIZAN AD

अमेरिका पुगेका पाँच युवालाई हत्कडीसहित विमान चार्टर गरेर नेपाल पठाइयो

वि.सं.२०७६ पुस ३ बिहीवार

1K 

shares

३ पुष, काठमाण्डौं । दलाललाई करोडौ बुझाएर अमेरिका पुगेका पाँच युवा हत्कडी सहित नेपाल फर्किनु परेको छ ।

अवैध रुपमा अमेरिका छिर्ने प्रयास गरेका पाचँ युवालाई अमेरिकाले विमान नै चार्टर गरेर नेपाल ल्याएर छोडिदिएको छ ।

अमेरिका–मेक्सिन सिमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरेर नेपाल फर्काइएको हो ।

उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरूलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न एक करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन् । तर, घर जान उनीहरूसँग बसभाडासमेत थिएन । प्रहरीले नै उनीहरूलाई बसभाडा दिएर घर पठाएको छ ।

अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरूको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाडौं आएको हो । उनीहरूलाई लिन मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरू विमानस्थल पुगेका थिए ।

एक युवा विद्यार्र्थी भिसामा अमेरिका पुगेको खुलेको छ । रुकुमका एक युवाले अमेरिका जाँदा र त्यहाँ मुद्दा लड्दा करिब एक करोड सकिएको बताए । मुद्दा लडिरहेकै बेला अर्को व्यक्तिको नाममा ट्राभल डकुमेन्ट बनाएर नेपाल फकाईएको उनले बताए । अरु तीन युवा मानव तस्कर समूहको पछि लागेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ परेको समाचार विहिबारको नयाँपत्रिका दैनिकमा समाचार छ । उनीहरूको प्रतिव्यक्ति करिब ५० लाख खर्च भएको छ ।

‘मेक्सिकोमा पक्राउ परे सबै पैसा फिर्ता गर्छौं भनेका थिए,’ नेपाल फर्किएपछि बुधबार ब्यूरोका प्रहरीसँग उनीहरूले भने, ‘बोर्डरमा पक्राउ परेकाले सबै पैसा डुब्यो ।’ उनीहरू सात महिना लगाएर अमेरिकाको बोर्डरमा पुगेका थिए । उनीहरूसँग छलफल गरेर अनुसन्धान थालिएको ब्यूरोका डिएसपी नरहरी रेग्मीले बताए । युवाले अमेरिका लैजाने समूहबारे भने बताउन चाहेनन् ।

वि.सं.२०७६ पुस ३ बिहीवार ०८:४१ मा प्रकाशित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...