back
CTIZAN AD

के के छन् त ‘वैदेशिक रोजगार जानकारी पुस्तिका’मा ?

वि.सं.२०७६ पुस ३ बिहीवार

1.1K 

shares

३ पुस, काठमाडौँ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना फैलाउने उद्देश्यले वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी समेटिएको पुस्तिका सार्वजनिक गरिएको छ ।

अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर बुधबार आयोजित एक कार्यक्रममा ‘विल्डिङ एण्ड उड वर्कर्श इन्टरनेशनल’ (बिडब्लुआई) नेपालले सो पुस्तिका सार्वजनिक गरिएको हो । पुस्तिकामा वैदेशिक रोजगारको अवस्था, वैदेशिक रोजगारीमा जानु अगाडि ध्यान दिनुपर्ने विषय, विदेशमा रहँदा कसरी सुरक्षित रहनेलगायत जानकारी समेटिएको छ ।

यस्तै नेपालको सरकारी तथा गैरसरकारी निकाय, तिनले दिने सेवा, विदेशमा आइपर्न सक्ने समस्या, ती समस्याबाट बच्ने उपायका साथै कार्यस्थलमा श्रमिकले अपनाउनुपर्ने सजगताका विषय समेटिएको छ । जानकारीमूलक पुस्तिका पत्रकार सुनिल न्यौपानेले तयार पारेका हुन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिक, ट्रेड युनियन, वैदेशिक रोजगारीका बारेमा जान्न चाहने पाठक, यसको प्रक्रियागत व्यवसायमा संलग्न म्यानपावर, अभिमुखीकरण संस्था र सरकारी निकायलाई सो पुस्तिका उपयोगी हुने विश्वास गरिएको छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार ०८:४५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...