back
CTIZAN AD

संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

वि.सं.२०७३ मंसिर २० सोमवार

885 

shares

२० मङ्सिर, भक्तपुर  । नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली शर्माको बालकोटस्थित निवासमा आज बसेको स्थायी कमिटीको बैठकले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रवक्ता योगेश भट्टराईले बैठकले आन्दोलनलाई सात वटै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन विधेयकका विरोधमा सुरु भएको आन्दोलनलाई एमालेले सातवटै प्रदेशमा प्रभावकारी बनाउँदै देशव्यापी रुपमा विशाल जनप्रदर्शन र आमसभा गर्ने भएको छ ।”

आमसभा र विशाल जनप्रदर्शनको मिति भने केही दिनभित्रै तय गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “विभिन्न जिल्लामा भएको आन्दोलन बिथोल्न गरेको कुप्रचार र ज्यादतीको भण्डाफोर गर्छौँ ।”

विभिन्न ठाउँमा एमाले पार्टी कार्यालयमा भएको तोडफोड, एमाले नेताको घरमा भएको आक्रमण र एमालेको कार्यक्रममा भएको अवरोधको बैठकले भत्र्सना पनि गरेको छ ।

सरकार कै उच्च तहबाट पहाड र मधेसलाई विभाजन गर्ने, साम्प्रदायिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति आएकामा बैठकले त्यसको निन्दा गरेको छ । त्यस्तै, बैठकले राजनीतिक दललाई राजनीतिक कार्यक्रम निर्वाध ढङ्गले सम्पन्न गर्न दिन पनि सबैसँग अपिल गरेको छ ।

विधेयकको विरोधमा संसद्मा भएका दल र अन्य पार्टी एवम् सांसदलाई समेत एकताबद्ध बनाएर जारी आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार संसद्मा पेस भएको विधेयकका विषयमा भारतले गरेको टिप्पणी, चासो, अभिव्यक्ति र गतिविधि कूटनीतिक मर्यादा विपरीत भएको बैठकले ठहर गरेको छ ।

बैठकमा अध्यक्ष ओली, उपाध्यक्षद्वय गौतम र भीमबहादुर रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङलगायत स्थायी समितिका अधिकांश सदस्यको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ मंसिर २० सोमवार १३:०२ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...