back
CTIZAN AD

यस्तो रह्यो यो साताको शेयर बजार

वि.सं.२०७६ पुस ५ शनिवार

600 

shares

५ पुष, काठमाण्डौं । अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए ।

दुई सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो । साताभर कूल ६५ लाख २१ हजार ३४ कित्ता शेयर रु एक अर्ब ७१ करोड ९९ लाख आठ हजार ७९२ मूल्यमा खरीद बिक्री भए ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नै कारोवार मापक सूचक ४.७८ अङ्कले घटेर एक हजार १६७ अङ्कमा झ¥यो । कूल १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता शेयर रु ६८ करोड ६० लाख ७६ हजार १११ मा किनबेच भयो ।

गत मङ्सिर १६ देखि शेयरबजार लगातार बढ्दो क्रममा थियो । लगातार आठ कारोवार दिनमा सूचक ६० अङ्कले बढेको थियो । तर, यस साताको पहिलो दिन आइतबार नै बजारले नकारात्मक लय समात्यो । यस्तै सोमबार नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर एक हजार १५४ दशमलव ११ मा पुग्यो । कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । त्यस दिन नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने नेप्से परिसूचक ३.३० अङ्कले घटेर एक हजार १५२.०७ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि खुम्चियो । कूल १६५ कम्पनीका नौ लाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौ हजार ८५८ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से पुनः ओरालो लाग्यो । त्यस दिन नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुग्यो । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए ।

साताभर विभिन्न पाँच कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् । नेप्सेका अनुसार बेस्ट फाइनान्स कम्पनीको एक लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर सूचीकृत भयो । यस्तै बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १० हजार ८८० कित्ता हकप्रद, बैंक अफ काठमाडौँको ४८ लाख ३७ हजार ८६० कित्ता शेयर लाभांश, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर र एनआइसी एशिया बैंकको ८८ लाख ३४ हजार २२८ कित्ता शेयर लाभांश सूचीकृत भए ।

वि.सं.२०७६ पुस ५ शनिवार २०:०५ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...