back

गच्छदार सहभागी कार्यक्रममा झडप भएपछि हवाईफायर

वि.सं.२०७३ मंसिर २१ मंगलवार

615 

shares
IME Limited
NTC AD

२१ मङ्सिर, बनेपा । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा सोमबार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको छ ।

मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

“कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाईफायर गर्नुपरेको प्रनाउ राईले बताउनुभयो । भीडबाट नियन्त्रणमा लिएका दुई युवा पनि भागेको बताइएको छ । सो गाविसमा फोरम लोकतान्त्रिकको पार्टी प्रवेश कार्यक्रम थियो ।

घटना भएको ठाउँ ‘डन’ भनेर चिनिने सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको गाउँ पनि हो । प्रहरीका अनुसार पार्टी अध्यक्ष गच्छदारले मन्तव्य राख्न सुरु भएको केही बेरमा नै कार्यक्रम बिथोल्ने प्रयास भएको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुई युवाको खोजी कार्य जारी रहेको जनाइएको छ । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:०५ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...