back
CTIZAN AD

संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

वि.सं.२०७३ मंसिर २१ मंगलवार

816 

shares

२१ मंसिर, भक्तपुर । नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली शर्माको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटीको बैठकले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रवक्ता योगेश भट्टराईले बैठकले आन्दोलनलाई सात वटै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन विधेयकका विरोधमा सुरु भएको आन्दोलनलाई एमालेले सातवटै प्रदेशमा प्रभावकारी बनाउँदै देशव्यापी रुपमा विशाल जनप्रदर्शन र आमसभा गर्ने भएको छ ।”

आमसभा र विशाल जनप्रदर्शनको मिति भने केही दिनभित्रै तय गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “विभिन्न जिल्लामा भएको आन्दोलन बिथोल्न गरेको कुप्रचार र ज्यादतीको भण्डाफोर गर्छौँ ।”

विभिन्न ठाउँमा एमाले पार्टी कार्यालयमा भएको तोडफोड, एमाले नेताको घरमा भएको आक्रमण र एमालेको कार्यक्रममा भएको अवरोधको बैठकले भत्र्सना पनि गरेको छ ।

सरकारकै उच्च तहबाट पहाड र मधेसलाई विभाजन गर्ने, साम्प्रदायिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति आएकामा बैठकले त्यसको निन्दा गरेको छ । त्यस्तै, बैठकले राजनीतिक दललाई राजनीतिक कार्यक्रम निर्वाध ढङ्गले सम्पन्न गर्न दिन पनि सबैसँग अपिल गरेको छ ।

विधेयकको विरोधमा संसद्मा भएका दल र अन्य पार्टी एवम् सांसदलाई समेत एकताबद्ध बनाएर जारी आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार संसद्मा पेस भएको विधेयकका विषयमा भारतले गरेको टिप्पणी, चासो, अभिव्यक्ति र गतिविधि कूटनीतिक मर्यादा विपरीत भएको बैठकले ठहर गरेको छ ।

बैठकमा अध्यक्ष ओली, उपाध्यक्षद्वय गौतम र भीमबहादुर रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङलगायत स्थायी समितिका अधिकांश सदस्यको सहभागिता रहेको थियो ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:०७ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...