back
CTIZAN AD

८ करोडको कुकुर हराएपछि…

वि.सं.२०७६ पुस ७ सोमवार

891 

shares

७ पुस, काठमाडौँ । भारतको बेंगलोरका एक व्यक्तिले आफ्नो ८ करोड मूल्य पर्ने फिमेल डग (कुकुर) हराएपछि प्रहरीमा रिपोर्ट दिएका छन् ।

बेंगलोर स्थित हनुमान नगरबाट कुकुर हराएपछि सोमबार चेतन एन नामका ति व्यक्तिले प्रहरीमा उजुरी दिँदै उक्त कुकुर चीनबाट ८ करोड मूल्यमा किनेको बताएका छन् ।

प्रहरीका अनुसार चेतनले उक्त कुकुर बेंगलरमा बस्ने सौम्या नामकी महिलालाई एक सम्झौताका साथ उनको जिम्मा लगाएका थिए ।

उनीहरुबिच उक्त कुकुरले बच्चा जन्माएपछि एउटा बच्चा आफूले राखेर कुकुर सहित अन्य बच्चा चेतनलाई नै फर्काउने सम्झौता भएको थियो । साथै चेतनले उक्त कुकुर फेला पार्नेलाई १ लाख ईनाम दिइने घोषणा गरेका छन् ।

वि.सं.२०७६ पुस ७ सोमवार १४:२६ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...