back
CTIZAN AD

रोकिदैँ सिमेन्टको नयाँ मापदण्ड , पुरानै गुणस्तर कायम गर्न निर्देशन

वि.सं.२०७६ पुस ८ मंगलवार

711 

shares

८ पुस, काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०५५ जेठ ५ गते निर्धारण गरिएको ओपिसी सिमेन्टको गुणस्तर मापदण्ड नै कायम गर्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले गत असार १८ गते ‘नेपाल गुणस्तर परिषद्’बाट निर्धारण गरिएको नयाँ मापदण्डले सिमेन्टको गुणस्तरीयता कायम नहुने निष्कर्षसहित सो निर्देशन दिएको हो ।

सिमेन्टको पुरानो मापदण्डअनुसार रासायनिक आवश्यकता इन्सोलुबल रेसिडियु (आइआर) को मात्रा दुई प्रतिशत र म्याग्नेसियुम ओक्सिड (एमजिओ) को मात्रा पाँच प्रतिशत रहेकामा नयाँ मापदण्डमा आइआरलाई चार प्रतिशत र एमजिओलाई छ प्रतिशत पु¥याइएको छ । समितिले यसअघि गरेको छलफलमा सम्बन्धित क्षेत्रका विज्ञले ओपिसी सिमेन्टमा आइआर र एमजिओको मात्रा जति बढायो उति गुणस्तर कमजोर हुने सुझाव दिएका थिए ।

बैठकमा समिति सभापति भारतकुमार शाहले व्यक्तिका निजी घर, सार्वजनिक तथा निजी पूर्वाधारमा प्रयोग हुने सिमेन्टको गुणस्तरमा कुनै सम्झौता नगर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीलाई निर्देशन दिए । सांसदहरुले सिमेन्टको गुणस्तरको मापदण्ड मानवीय संवेदनशीलतासँग जोडिएको बताउँदै नयाँ मापदण्ड लागुू गर्नुपर्ने औचित्यका बारेमा सम्बन्धित निकायका पदाधिकारीसँग प्रश्न गरेका थिए ।

नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उत्पादनमा सहजीकरण गर्न नयाँ मापदण्ड बनाएको जनाएको छ । बैठकमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले नेपालमा सिमेन्टको गुणस्तरका बारेमा जानकारी गराउँदै गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका थिए । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको नयाँ मापदण्डले गुणस्तर नघटाएको बताएका थिए ।

यस विषयका सम्बन्धमा समितिलाई मन्त्रालयका तर्फबाट गत असोज १२ गते नयाँ मापदण्ड लागू नगरिएको र मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने भनिएको थियो । सरोकारवाला निकायलाई भने लागू गर्न गत साउन २७ मा निर्देशनात्मक पत्राचार गरेको पत्र प्राप्त भएपछि सभापति शाहले स्पष्ट पार्न सचिव खतिवडालाई निर्देशन दिएका छन् ।

विभिन्न देशका सिमेन्टमा रासायनिक आवश्यकताको अवस्था हेर्दा भारतमा आइआर चार र एमजिओ छ प्रतिशत, चीनमा आइआर दुई र एमजिओ पाँच प्रतिशत, बङ्गलादेशमा आइआर दुई र एमजिओ चार प्रतिशत र संयुक्त राज्य अमेरिका आइआर शून्य दशमलव ७५ र एमजिओ पाँच प्रतिशतभन्दा कम रहेको तथ्याङ्क छ । नेपालका सरकारी सिमेन्ट उद्योग हेटौँडा र उदयपुरका सिमेन्टमा पनि एमजिओको मात्रा तीन प्रतिशतभन्दा कम र आइआरको मात्रा एक दशमलव पाँच प्रतिशतभन्दा कम देखिन्छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार ०८:५२ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...