back
CTIZAN AD

खाशोज्जी हत्याकाण्ड : साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्ड सुनायो

वि.सं.२०७६ पुस ८ मंगलवार

750 

shares

८ पुस, रियाद ।  पत्रकार जमाल खाशोज्जीको हत्यामा सम्लग्न रहेको अभियोग लगाइएका पाँच व्यक्तिलाई हत्याकाण्डको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको साउदी अरबका सरकारी अभियोजनकर्ताहरूले सोमबार बताएका छन् ।

तर उक्त अदालतले हत्याको बारेमा छानबिन गरेका दुई शीर्ष व्यक्तित्वलाई निर्दोष ठहराएको छ । अभियोजनकर्ताले नाम नखुलाइएका ११ जना माथि हत्यामा संलग्न भएको भन्दै मुद्दा दायर गरेका थिए । “खशोज्जीको हत्या पूर्वयोजना अनुसार नभएको हाम्रो ठहर छ ,” साउदीका उप–महाधिवक्ता शलान अलशलानले पत्रकार सम्मेलनमा भने ।

सुनुवाईमा टर्की अधिकारीहरूले साउदी अरबको सरकारको आलोचक ५९ वर्षीय खसोज्जीलाई एक समूहले टर्कीस्थित साउदी अरबको राजदूताबासमा प्रवेश गरी नियन्त्रणमा लिएको र उनको शरिरलाई टुक्रा–टुक्रा पारी हत्या गरेको बयान दिएका बताइएको छ । गुप्तचरका उपप्रमुख अहमद अल–असरीले खाशोग्गीको हत्याको रेखदेख गरेको र शाही अदालतका सञ्चारमाध्यम जजार सौद अल–कहतानीले उहाँलाई सल्लाह दिएको अभियोगसहित मुद्दा दायर भएको साउदी वकीलहरूले बताएका थिए ।

यद्यपि अनुसन्धानका क्रममा काहतानीको सम्लग्नता रहेको देखिने ‘अपर्याप्त प्रमाणका कारण’ अभियोग लगाइएको थिएन र असिरीलाई अनुसन्धान गरी अभियोग लगाइएको थियो तर अन्ततः उही आधारमा निर्दोष मुक्त गरिएको अभियोजनकर्ताहरूले विज्ञप्तिमा भनेका छन् ।

अभियोजकको भनाइ अनुसार ११ जना नाम उल्लेख नभएका व्यक्तिमध्ये पाँच जनालाई मृत्युदण्ड, तीन जनालाई कुल २४ बर्ष जेल सजाय र अन्यलाई निर्दोष घोषणा गरिएको छ । रियाद अदालतले उक्त सुनुवाइमा अन्तर्राष्ट्रिय समुदायका साथै खाशोज्जीको परिवारका प्रतिनिधिहरु उपस्थित नौ वटा सुनुवाईहरु भएको बताएको छ । खशोज्जीको हत्याले संसारभर चर्चा पाएको थियो ।

निर्णयप्रति आफ्नो धारणा राख्दै संयुक्त राष्ट्र संघ तथा विभिन्न मानवअधिकार समूहहरूले यस हत्याको स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरेका छन् । वाशिङ्टन पोष्टका नियमित स्तम्भकार साउदी अरबका प्रसिद्ध पत्रकार खसोज्जीको वर्ष अक्टोबरमा हत्या भएको थियो । सुरूमा रियादले यसलाई खराब समूहद्वारा घटाइएको घटना भनेको थियो ।

यसका कारण अमेरिका लगायतका विश्व समुदायले साउदी अरबले पत्रकार खशोज्जीको हत्या प्रकरणको स्वच्छ छानविन नगरेमा साउदी अरबको सम्बन्धमा कुटनीतिक संकट आउने बताउँदै निरन्तर दिएको दवाबपछि छानविनका लागि साउदी अरब तयार बनेको थियो । साउदी अरबले खशोज्जीको हत्या प्रकरणका दोषीलाई स्वच्छ तथा स्वतन्त्र छानविन गर्न लामो समय गरेको आनाकानीले राजकूमार मोहम्मद बिन सलमानको प्रतिष्ठामा निकै आँच आएको थियो ।

टर्की अधिकारीहरूले साउदी अरबको सरकारको आलोचक ५९ वर्षीय खसोज्जीलाई एक समूहले टर्कीस्थित साउदी अरबको राजदूताबासमा प्रवेश गरी नियन्त्रणमा लिएको र उनको शरिरलाई टुक्रा–टुक्रा पारी हत्या गरेको बयान दिएका थिए ।

वि.सं.२०७६ पुस ८ मंगलवार ०९:३६ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...