back
CTIZAN AD

दिपिका अभिनित चलचित्र ‘छपक’ चोरीको आरोपमा पुग्यो अदालत

वि.सं.२०७६ पुस ८ मंगलवार

855 

shares

८ पुस, काठमाडौँ । दिपिका पादुकोण अभिनित नयाँ चलचित्र छपक प्रदर्शनमा आउनु अगाडीनै चोरीको आरोपमा विवादमा परेको छ । पादुकोण अभिनित उक्त चलचित्रको निर्देशन मेघना गुलजारले गरेका हुन् ।

जनवरी १० देखि प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्र छपक नक्कल गरेको आरोपमा अदालत सम्म पुगेको छ । लेखक राकेश भारतीले मुम्बईको उच्च अदालतमा निवेदन दिई उक्त चलचित्रको कहानीमा क्रेडिट आफुलाई दिनुपर्छ र उनका अनुसार कथाको विचार उनको हो उनले कथा ‘ब्ल्याक डे’  फिल्मका लागि आफुले लेखेको बताएका छन् ।

भारतीले मोशन पिक्चर्स एसोसिएशनमा यसलाई दर्ता गराएका र यस स्क्रिप्टको बारेमा निर्माता र अन्य कलाकारहरुलाई सुनाएका थिए । उनले फक्स स्टार स्टूडियोको राउन्ड पनि बनाएका थिए । निवेदनमा उनले भनेका छन् कुनै पनि कारणले यो परियोजना सुरु हुन सकेन ।

भारतीका वकिलका अनुसार छपक निर्माण गर्ने प्रोडक्शन हाउसले थाहा पाएपछि गुलजारले पनि त्यस्तै फिल्म बनाइरहेका थिए । यस सम्बन्धमा भारतीले उक्त फिल्मका निर्माताहरू समक्ष गुनासो पनि गरिसकेका थिए तर कुनै जवाफ नपाउँदा उनले अदालतमा अपील गरेको बताएका छन् ।

निवेदनमा भनेका छन– कि उनलाई पनि छपकमा लेखकको रूपमा क्रेडिट दिनुपर्नेछ र क्रेडिट नभएमा फिल्म रिलीज हुन नदिने उनको दाबी छ । दुई फिल्मको कहानी कत्तिको मिल्दोजुल्दो छ भनेर पत्ता लगाउन राकेश भारतीले एक विशेषज्ञ पनि नियुक्त गरेको बताएका छन् ।

वि.सं.२०७६ पुस ८ मंगलवार १४:३३ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...