back
CTIZAN AD

‘सूर्यग्रहणका बेला खाना खानुहुँदैन भन्ने बैज्ञानिक आधार छैन’

वि.सं.२०७६ पुस १० बिहीवार

882 

shares

१० पुष, काठमाण्डौं । सामाजिक अध्येता, तथा लेखक तुल्सी दास मर्हजनले सूर्यग्रहणका बेला खाना खानु हुँदैन भन्ने कुनै बैज्ञानिक आधार नभएको बताएका छन् ।

मर्हजनले ग्रहणका बेला खाना खानहुँदैन भन्ने कुनै बैज्ञानिक आधार नभएकोले यो केवल अन्धविस्वास हो भनेका छन् ।
मर्हजनले ग्रहणले मान्छेको मृत्यु हुने, अन्नबालीमा क्षति पुग्ने, तथा प्राकृतिक प्रकोप हुने जस्त भनाईहरु पनि अन्धविश्वास रहेको बताएका छन् ।

महर्जनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘ग्रहणले मान्छेको मृत्यु हुने, फसलमा क्षति पुग्ने तथा प्राकृतिक प्रकोप हुनेजस्ता विश्वासहरु अन्धविश्वासभन्दा बढी केही होइनन् । किनकि, यस्ता विश्वासहरुमा विज्ञानसम्मत कुनै कारण भेटिन्न । ’

यस्तो लेखेका छन् मर्हजनले
वि.सं.२०७६ पौष १० गते नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त हुने वलय खण्डग्रास सूर्यग्रहण (annular solar eclipse) एक दुर्लभ घटना हो, जुन समयमा पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दछन् ।

खण्डग्रास सूर्यग्रहणमा अर्को महत्वपूर्ण घटना पनि घट्दैछ, त्यो हो पृथ्वीसहित छ वटा ग्रहहरु सूर्यसँग एउटै सरलरेखामा लाइनबद्ध भई रहनेछन् । तर, यो घटनाका बेलामा पृथ्वीमा प्रलय हुने, ठूला प्राकृतिक प्रकोपहरु जस्तो भूकम्प जाने, बाढी–पहिरो आउने, अनिकाल पर्नेजस्ता घटना घट्ने हल्लाहरुमा कुनै वैज्ञानिक कारण छैन । ती सबै हल्ला मात्र हुन् ।

वलय खण्डग्रास सूर्यग्रहणको बेला प्रत्यक्ष देखिने चन्द्रमाको पूरै व्यास सूर्यको प्रत्यक्ष देखिने व्यासभन्दा केही सानो हुन्छ । त्यसैले चन्द्रमाको परिधिले सूर्यको प्रत्यक्ष सतहलाई पूरा नछेकी छेउतिरको पातलो धागोजस्तो मसिनो गोलाकार भाग छोडिएको हुन्छ, जुन भाग चम्किलो नै हुन्छ । झण्डै ९० प्रतिशतभन्दा बढी सूर्यको सतह छेकिने भएकोले वलय खण्डग्रास सूर्यग्रहणको बेला पृथ्वीमा लगभग अन्धकार नै हुन्छ । तर, यस्तो दृश्य चन्द्रमाको सघन छायाँ परेको पृथ्वीको साँघुरो क्षेत्रहरुमा मात्र देखिने हुन्छ,, बाँकी चन्द्रमाको विरल छायाँ पर्ने पृथ्वीको ठूलो क्षेत्रमा भने अन्य बेलाका खण्डग्रास सूर्यग्रहणमा जस्तै केही मधुरो प्रकाशको दिन हुन्छ ।

खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिँदैन । नेपालबाट अन्य बेलाको जस्तै सामान्य प्रकारको खण्डग्रास सूर्यग्रहण मात्र देखिनेछ । करिब ४० प्रतिशत सूर्यसतह मात्र ढाकिएको खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिनेछ । वलय खण्डग्रास सूर्यग्रहण अरब प्रायद्वीपबाट सुरु भई अरबको खाडीलाई पार गरी दक्षिण भारतलाई छोएर गई प्रशान्त महासागरसम्म पुग्ने पातलो आर्क आकारको रेखीय क्षेत्रमा मात्र देखिनेछ ।

सूर्य ग्रहणको समयमा हुने घटना र गर्न नहुने ?
१. सूर्यबाट हानिकारक विकिरणहरु अत्यधिक मात्रामा उत्सर्जित हुन्छन् । त्यसैले ग्रहणको समयमा नाङ्गो आँखाबाट सूर्यलाई हेर्नु हुँदैन । पराबैजनीलगायत हानिकारक विकिरणहरु छेक्ने विशेष प्रकारको चस्मा लगाएर मात्र सूर्य ग्रहण हेर्न सकिन्छ । हानिकारक विकिरण आँखामा परेमा ज्योति गुम्ने सम्मको जोखिम हुन्छ ।

२. सूर्यको प्रकाश केही मधुरो हुने र हावाको तापक्रम केही मात्रामा (अधिकतम ३ डिग्रीसम्म) घट्न सक्छ । त्यस्तै गरी हावाको बहावमा केही बदलाव आउन सक्छ । तर, यसले जनजीवनमा उल्लेख्य असर गर्दैन । जनावरहरुको गतिविधि एवं व्यवहारमा केही फरकपना आउन भने सक्छ ।

३. सोलार तथा हावाको ऊर्जा प्रयोग गरी बनाइएको विद्युत गृहबाट उत्पादन हुने बिजुलीमा केही कमी आउन सक्छ ।

अन्धविश्वासहरु
१. ग्रहणले मान्छेको मृत्यु हुने, फसलमा क्षति पुग्ने तथा प्राकृतिक प्रकोप हुनेजस्ता विश्वासहरु अन्धविश्वासभन्दा बढी केही होइनन् । किनकि, यस्ता विश्वासहरुमा विज्ञानसम्मत कुनै कारण भेटिन्न ।

२. ग्रहणको समयमा गर्भवति महिला तथा गर्भ्भित्रको बच्चामा खतरनाक असर हुन्छ भन्ने कुरा पनि अन्धविश्वास मात्र हो । ग्रहणको समयमा सूर्यलाई नाङ्गो आँखाले नहेर्ने हो भने गर्भवति आमाहरु पनि अन्य मानिसहरु सरह निर्वाध रुपले हिँड्डुल गर्न सकिन्छ । उनीहरु भयभित हुनुपर्ने कुनै कारण छैन ।

३. सूर्यग्रहणले मानव व्यवहारमा नकारात्मक असर पर्छ भन्ने कुरा पनि अन्धविश्वास हो । यस्तो कुराको कुनै विज्ञान सम्मत प्रमाण छैन । त्यस्तै गरी ग्रहणले मानव स्वास्थ्य तथा पर्यावरणमा नकारात्मक असर गर्छ भन्नेजस्ता सबै कुराहरु अन्धविश्वास मात्र हुन् । ग्रहणको यी कुराहरुसँग कुनै नाता भएको विज्ञान सम्मत आधार भेटिन्न ।

४. सूर्यग्रहणको अवधिभर खाना खानु हुँदैन भन्ने कुरामा पनि कुनै वैज्ञानिक कारण छैन । यो पनि केवल अन्धविश्वास हो ।

आजको खण्डग्रास सूर्यग्रहणमा के गर्दा लाभ हुन्छ त ?

वि.सं.२०७६ पुस १० बिहीवार ०९:५९ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...