back

आगो ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु, १ घाइते

वि.सं.२०७६ पुस १० बिहीवार

174 

shares
RBB AD
NTC AD

१० पुस, सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् । गए राति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ ।

उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
आगलागीबाट रु २१ लाख क्षति
ईश्वरपुर नगरपालिका–६ बैलवास बजारमा आगलागी हुँदा तीन जनाको घर पसल जलेर नष्ट भएको छ । आगलागीबाट करीब रु २१ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

गए राति करीब ९ः३० बजे बिजुलीको तारमा सर्ट भई आगलागी हुँदा स्थानीयवासी हकिममियाँ मुकेरी, तसबीर अन्सारी र मजहर हुसेन मिकरानीको घर पसल जलेको छ ।

आगलागीबाट हकिममियाँको दुईकोठे घर र पसल जलेर रु पाँच लाख बराबरको क्षति भएको छ । अन्सारीको नुर आर्ट ग्लेरी पसलमा आगलागी हुँदा रु सात लाख बराबरको क्षति भएको छ ।

त्यस्तै मजहर हुसेनको सहयोगी सर्जिकल मेडिकल पसलमा आगलागी हुँदा रु आठ लाख बराबरको औषधि र एक लाख नगद गरी रु नौ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासी, वारुणयन्त्र र प्रहरीको सहयोगमा गए राति करीब ११ बजे नियन्त्रणमा आएको थियो ।

वि.सं.२०७६ पुस १० बिहीवार १०:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

पाटन (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको...

महानगरले काट्यो एलओडी र दोहोरी साझ लगायतलाई चेतावनीसहितको पत्र

महानगरले काट्यो एलओडी र दोहोरी साझ लगायतलाई चेतावनीसहितको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मनोरन्जन क्षेत्रमा संचालित दोहोरी साँझ,...

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति...

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...