back
CTIZAN AD

उचित मूल्य निर्धारणपछि कृषक उत्साहित

वि.सं.२०७६ पुस १० बिहीवार

678 

shares

१० पुस, बेझाङ । कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी बिक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी छन् ।

जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रु २००, मासु प्रतिकिलो थोक रु ३०० र खुद्रा मूल्य प्रतिकिलो रु ३४० दरभाउ कायम गरिएको रामपुर नगरपालिका पशुसेवा शाखा प्रमुख मोहनप्रसाद भट्टराईले बताए ।

ठूला अण्डाको खुद्रा मूल्य प्रतिपेटी रु दुई हजार ३००, साना अण्डाको रु दुई हजार २०० मूल्य कायम भएको छ । थोक मूल्य ठूला अण्डाको प्रतिपेटी रु दुई हजार २०० र साना अण्डाको रु दुई हजार १०० मूल्य कायम भएको छ ।

“कृषकले लागतअनुसार मूल्य नै नउठ्ने गरी कुखुरा बिक्री गर्छुभन्दा पनि बिक्री गर्न नसक्ने अवस्था, बाहिरबाट सस्तो मूल्यमा कुखुरा भित्रने र यहाँको उत्पादनले बजार नपाउदा कृषक मारमा परेको गुनासो आएपछि सरोकारवालाको बैठक बसेर निश्चित दरभाउ कायम गरेका छौँ”, उहाँले भने ।

कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने सोच बनाएका कृषकले लगानी पनि नउठ्ने गरी दिन खोज्दा व्यापारीले खरिद गर्न आलटाल गर्ने गरेको व्यवसायी कृषक मेगराज न्यौपाने बताउँछन् । अहिले भने निश्चित दरभाउ कायम गरेपछि व्यवसायमा हौसला बढेको उनी बताउँछन् ।

रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले बाहिरबाट कुखुरा सस्तो मूल्यमा व्यापारीले खरिद गर्ने र महङ्गो मूल्यमा उपभोक्तालाई बेच्ने प्रवृत्तिले स्थानीय उत्पादनले बजार नपाएको बताउँछन् । “अब मूल्य कायम गरिएपछि कृषकले ठूलो राहत पाएको महसुस गरेका छन्, यसलाई नियमित अनुगमन र बाहिरबाट भित्रने कुखुरा निरुत्साहित नै पूर्ण रुपमा गर्न सकियो भने कृषकको पनि आयस्रोत बढ्नेछ”, अर्यालले भने ।

जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा बिक्री गर्न खोज्दा पनि बजार नपाएर हैरानीमा परेका कृषक अब भने निश्चित दरभाउ कायम भएपछि उत्साहित भएका छन् । अण्डा उत्पादक कृषक पनि बिचौलियाको चरम मारमा छन् । स्थानीय उत्पादनले बजार पाउँदैन तर बाहिरबाट ल्याइएका अण्डाले रामपुर बजार ढाकेको छ । निश्चित दरभाउ कायम गरिएपछि व्यवसायमा हौसला बढेको अण्डा व्यवसायी भुवन अर्यालको भनाइ थियो ।

“बाहिरबाट आएका अण्डाले बजार भाउ लिइरहेको, स्थानीय उत्पादनले बजार नपाउने समस्याले व्यवसाय गर्ने कि छाड्ने अवस्थामा रहेकाबेला रामपुर नगरपालिकामा ढिलै भए पनि दरभाउ तोकिएकोमा खुशी लागेको छ”, अर्यालले भने । रामपुर बजारमा दैनिक आठ हजार अण्डा खपत भइरहेको छ ।

रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा व्यावसायिक फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको छ तर बजार पाउन सकस छ । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा रु ९ मा बिक्री भइरहेपनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य थिए । अहिले कुखुराको दानाको मूल्य बढेको छ ।

रामपुर नगरपालिकालाई कुखुरामा आत्मनिर्भर गराउन बाहिरबाट यहाँ भित्रने कुखुराहरु कम गरी यहीको उत्पादनलाई प्राथमिकता दिएपछि कृषक आत्मनिर्भर हुने आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताउँछन्। “रामपुरको उत्पादनले बजार थेग्न सक्ने अवस्था हुँदासम्म बाहिरबाट कुखुरा ल्याएर किनबेच गर्ने कार्यलाई रोक्ने अभियानमा छौँ र बाहिरबाट ल्याउन लैजान परेमा पशुसेवा शाखाबाट अनुमती लिनुपर्नेछ”, उनले भने ।

वि.सं.२०७६ पुस १० बिहीवार १३:४६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...