back
CTIZAN AD

‘एक छोरी एक खाता’ कार्यक्रममा ३२६ छोरीका खाता

वि.सं.२०७६ पुस १० बिहीवार

678 

shares

१० पुस, मुगु । मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पु¥याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् ।

नगरपालिकाले आर्थिक अभावमा विद्यालयमा बालिकालाई चाहिने किताब, कापीलगायत आवश्यकपर्ने अन्य स्टेशनरी सामान किन्न र विद्यालय पठाउन सहज होस भनेर आव २०७४\०७५ बाट एक छोरी एक खाता कार्यक्रम शुरु गरेको थियो ।

पहिलो नगरसभाबाट एक छोरी एक खाता सञ्चालन कार्यविधि पारित गर्दै नगर क्षेत्रमा जन्मने छोरीको वित्तीय संस्थामा खाता खोल्ने, सो खातामा नगपालिकाले पाँच वर्षेसम्म नियमित रकम जम्मा गरिदिने र पाँच वर्षपछि विद्यालय भर्ना भएको भर्ना अभिलेख ल्याएमा उक्त खातामा रहेको रकम मासिकरुपमा झिक्न मिल्ने प्रावधानसहितको कार्यविधि पास गरेको थियो ।
नगरक्षेत्रमा छोराभन्दा छोरीको विद्यालय बीचैमा छोड्ने दर बढी देखिएको छ । विद्यालय छाड्नुमा आर्थिक अभावले कापी, कलम, पोशाक, अन्य खर्च गर्न नसक्नु र त्यसको पीडित छोरी हुने गरेकोले कार्यक्रम मार्फत छोरीको शिक्षामा पहुँच पु¥याउन नगरपालिकाले यो अभियान शुरु गरेको नगरप्रमुख हरिजंग शाहीले बताए ।

नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको छायाँनाथ साकोससँग छोरीको खाता खोल्न सम्झौता गरेको छ । सहकारीले पाँच वर्षको अवधिमा बचत खाता खोलिदिने र नगरपालिकाले जम्मा गरिदिएको रकममा वार्षिक १३ प्रतिशत व्याज दिने गरेको छायाँनाथ सहकारीका व्यवस्थापक हरिबहादुर शाहीले बताए ।

वडा कार्यालयको सिफारिस र जन्मदर्ताको प्रतिलिपिसहित नगरपालिकाको महिला तथा बालबालिका शाखामा खाता खोल्न छोरीका अभिभावकले छोरी जन्मेको ३५ दिनभित्र सम्पर्क गर्नुपर्छ । वर्षभरिमा जम्मा भएका छोरीको निवेदनलाई नगरसभाले छुटाएको बजेट दामासाहीका दरले भाग गरी सहकारीमा आर्थिक वर्षको अन्तमा खाता खोल्ने गरिएको छ ।

आव २०७४\०७५ मा नगरसभाले रु पाँच लाख रकम छुट्याएको र त्यो बेला १९४ छोरीका खाता खोलिएको थियो । सो समयमा प्रतिखाता दुई हजार ५८० का दरले रकम जम्मा भएको र आव २०७५\०७६ मा नगरसभाले एक छोरी एक खातालाई चार लाख छुट्याएकाले सो रकम आवेदन दिएका १३२ छोरीलाई भाग गर्दा प्रतिछोरीको खातामा तीन हजार ३० रुपैयाँ जम्मा भएको नगरपालिकाका लेखापाल जगतजंग रावलले बताए ।

पहिलो नगरसभामा अनुभव नभएकाले कार्यविधिमा धेरै कुरा छुटेको अहिले महसुस भएकाले आगामी छैटौँ नगरसभामा छोरीलाई दामासाही भागभन्दा नियमित र नयाँ गरी दुई शीर्षकमा रकम विनियोजित गर्ने र मासिकरुपमा नियमित रकम जम्मा गर्ने व्यवस्था मिलाउने नगर प्रमुख शाहीले बताए । चालू आवमा नगरपालिकाले एक छोरी एक खाताका लागि रु पाँच लाख रकम विनियोजन गरेको छ ।

कर्णाली प्रदेशभरिमै छोरीका लागि खाताको व्यवस्था गर्ने यो नै पहिलो स्थानीय तह हो । यही नगरपालिकाको सिको गर्दै कणाली प्रदेश सरकारले पनि यो आवबाट बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम शुरु गरेको छ । उसले यो आवबाट यो प्रदेशमा जन्मने छोरीलाई बैंकमा खाता खोलिदिने र उक्त खातामा मासिक सरकारले रु ५०० जम्मा गरिदिने भएको छ ।

यो कार्यक्रमका लागि प्रदेश सरकारले रु तीन करोड ८४ लाख रकम विनियोजित गरेको र मुगु जिल्लामा रहेका चार स्थानीय तहका लागि प्रतिस्थानीय तह तीन लाखका दरले १२ लाख छुट्याएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ ।

वि.सं.२०७६ पुस १० बिहीवार १४:२८ मा प्रकाशित

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...