back
CTIZAN AD

समोआमा दादुराबाट ८१ जनाको मृत्यु

वि.सं.२०७६ पुस १० बिहीवार

783 

shares

१० पुस । समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको हो ।
समोआमा सो रोग निगरानी टोलीकाअनुसार एक पाँच वर्षीया बालिकाको मृत्यु भएपछि सो सङ्ख्या ८१ पुगेको सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस प्रकोपबाट ५ हजार २१७ व्यक्ति सङ्क्रमित भएका छन् । गएको २४ घण्टाभित्र नौ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।

सङ्क्रमित ४३ अस्पतालमा भर्ना भएका छन् । ती मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । दादुरा असाध्यै सङ्क्रामक भाइरल रोग हो ।
बुधवारसम्म समोआमा लगभग ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारी स्रोतले जनाएको छ ।

वि.सं.२०७६ पुस १० बिहीवार १४:१६ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...