back
CTIZAN AD

तपाईको आज(पुस ११ गते) को राशिफल

वि.सं.२०७६ पुस ११ शुक्रवार

1K 

shares

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अवसर हातलागी नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। तत्कालै समस्या समाधान नहुन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आराम लिनुपर्ने अवस्था रहनेछ ।

वृष राशि — (इ, उ, ए, ओ, वा, वि, वु, वे, वोे)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला  ।

मिथुन राशि — (का, कि, कु, घ, ङ, छ, के, को, हो)
माहोल रमाइलो रहनेछ तर विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। साथीभाइसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। व्यावसायिक यात्राको योग छ  ।

कर्कट राशि — (हि, हु, हे, हो, डा, डि, डु, डे, डोे)
स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ  ।

सिंह राशि — (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा समय दिन नसकिएला। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। घरायसी काम रोकिन सक्छ। शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। स्वास्थ्यबाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ उठाउन सकिनेछ ।

कन्या राशि — (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्नेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउनेछन्। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ ।

तुला राशि —(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति अनुकूल बन्नाले नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ ।

वृश्चिक राशि — (तो, ना, नि, नु, ने, नो, या, यि, युे)
सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। तापनि सम्पादित कामबाट धन लाभ हुनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ  ।

धनु राशि —(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। केही समय लागे पनि नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।

मकर राशि— (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। लोभ देखाउनेहरूले फसाउन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। ऋणभार बढ्न सक्छ ।

कुम्भ राशि — (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
विशेष अवसर पाइनेछ र मिहिनेतले आम्दानी बढाउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

मीन राशि — (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुभव देखाएर नयाँ काम हातपार्ने समय छ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो काममा हातहाल्ने अवसर प्राप्त हुनेछ  ।

२०७६ पुस ११ शुक्रबार
उपप्रा, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

यस्तो छ तपाईको आज(पुस १० गते) को राशिफल

वि.सं.२०७६ पुस ११ शुक्रवार ०७:०९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...