back
CTIZAN AD

सन्तोषी माताको ब्रत यसरी बसे चिताएका सबै कुरा पूरा हुन्छ

वि.सं.२०७६ पुस ११ शुक्रवार

1.5K 

shares

११ पुस, काठमाडौँ । हप्ताको हरेक दिन कुनै न कुनै भगवानको नाममा ब्रत बस्ने भनि समर्पित गरिएको हुन्छ ।
प्रत्येक दिन कुनै न कुनै भगवानको लागि बिशेष हुनेगर्दछ र ब्रत र पूजा गर्ने गरिन्छ ।हप्ताको हरेक दिन कुन भगवानको ब्रत बस्ने भनेर पनि छुट्टाईएको छ ।

प्रत्येक बार बस्ने ब्रतको आ आफ्नै महत्व छन् । प्रत्येक विशेष दिनमा उपवास सम्बन्धी फाईदाहरू पनि अद्वितीय रहेका छन् । स्वास्थ्यका दृष्टिकोणले पनि हप्ताको एक दिन व्रत बस्नु लाभदायक हुन्छ ।

विशेष गरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् ।

माताको व्रतले भौतिक सुख प्राप्तिको तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुखसौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।
सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडि नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ ।

पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक, त्यस्तै सन्तोषी माताको प्रिय घीउमा भुटेको चना आवश्यक पर्दछ ।

शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ । पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने गर्नुपर्छ ।

नियमित रुपले सोह्र शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी खीर , चना घीउमा भुटेर र केराको प्रसाद दान गर्ने , सम्भव भए ९ जना कन्याहरुलाई खिरको प्रसाद खुवाउने ।

सन्तोषी माताको ब्रत बस्दा विशेष ध्यान दिनुपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन भने अमिलो खाएको व्यक्तिबाट पनि छुनुहुँदैन भनेर धर्मशास्त्रमा भनिएको छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार ०९:०४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...