back
CTIZAN AD

यमनको अलराक्वमा एक महिनामा तेस्रो आक्रमण, १७ सर्वसाधारणको मृत्यु

वि.सं.२०७६ पुस ११ शुक्रवार

732 

shares

११ पुस, यमन । यमनको उत्तरी क्षेत्रको गभर्नरको कार्यालय रहेको सादा सहरमा भएका आक्रमणमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

यमनमा पछिल्ला केही महिना यता तुलनात्मक रूपमा शान्त रहने गरेको भए पनि सादामा एक महिनाको अन्तरालमा तीन आक्रमण भएका छन् ।

इरानसँग निकट मानिने यमनी हुथी विद्रोहीको प्रभाव क्षेत्र मानिने सादामा साउदी नेतृत्वको सैन्य गठबन्धनले गरेको सुरक्षा आक्रमणमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीको मृत्य भएपछि विगत केही महिना सादाको अलराक्वमा ठूला झडपका घटना भएका थिएनन् ।

बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रवासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ ।
राष्ट्रसङ्घले घटना कसले घटाएको र आक्रमणमा कस्तो खालको हतियार प्रयोग गरिएको भन्नेबारे केही बताएको छैन ।
अलराक्वमा नोभेम्बर २२ मा पनि यस्तै आक्रमण भएको थियो भने त्यसको केही दिनपछि पनि यसै प्रकारको आक्रमण भएको थियो ।

नोभेम्बर २२ र लगत्तै केही दिनपछि भएका दुई घटनामा परी २० जनाको मृत्यु भएको थियो भने कम्तीमा २२ जना घाइते भएका थिए । उक्त सहरमा युद्धविरामको अवज्ञा गर्दै भएका घटनामा अहिलेसम्म ८९ सर्वसाधारणले ज्यान गुमाएका छन् ।

राष्ट्रसङ्घले जारी गरेको विज्ञप्तिमा भनेको छ, “सादामा भएका हरेक प्रकारका आक्रमणले युद्धविरामको उल्लङ्घन भएको र यस्ता घटना रोक्न सम्बद्ध सबैलाई आग्रह गर्दछ ।”

यमनमा सन् २०१५ को मार्चमा गठबन्धनले हुथी विद्रोहीविरूद्ध शुरू गरेको द्वन्द्वका कारण दशौँ हजार मानिस मारिएका छन् भने लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् । राष्ट्रसङ्घले यमनको मानवीय सङ्कटलाई विश्वकै चिन्ताजनक समस्याका रूपमा व्याख्या गर्ने गरेको छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार ०८:४४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...