back
CTIZAN AD

निर्माणाधीन रङ्गशालामा पार्टी र सरकारले सहयोग गर्ने –अध्यक्ष दाहाल

वि.सं.२०७६ पुस ११ शुक्रवार

699 

shares

११ पुस, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । आज बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए ।

उनले भने, “रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।” उनले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए । रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको उनले प्रतिक्रिया दिए । सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गरे । उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि उपस्थित थिए ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १३:४२ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट...

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...