back
CTIZAN AD

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेसन २०७७ फागुन ७ देखि काठमाडौमा , एकलौटी निर्णय गरिएको भन्दै असन्तुष्ट पक्ष रुष्ट

वि.सं.२०७६ पुस ११ शुक्रवार

870 

shares

११ पुष, काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको बैठकले आगामी २०७७ फागुन ७ गते देखि १० गतेसम्म काठमाडौंमा केन्द्रिय महाधिवेसन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपमा शुक्रबार बसेको बैठकले महाधिवेसन गर्ने निर्णय गरेको पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।

रामचन्द्र पौडेल पक्षको बहिस्कारका बापजुद कांग्रेसले बहुमतका आधारमा यो निर्णय गरेको हो ।

पार्टीको महाधिवेसन गर्ने निर्णयसँगै नेपाली काङ्गेसको अहिलेको कार्य समितिले आफ्नो कार्यकाल १ बर्ष थप गरेको छ । आगामी फागुन १९ गते नेपाली काङ्ग्रेसको बर्तमान कार्य समितिको म्याद सकिंदै छ ।

बर्तमान केन्दिय कार्य समितिको म्याद सकिने बित्तिकै महाधिवेसन गर्न नसकिने ठहर गर्दै गरेको उक्त निर्णयसंगै काङ्ग्रसले महाधिवेसनको कार्यतालिका बनाएको छ ।

कार्यतलिका अनुसार पुष मसान्त भित्र अन्तरिम संरचना निर्माण गर्न निर्बाचन समितिलाई आग्रह गरेको छ । त्यस्तै माघ देखि वैशाखसम्म क्रियाशिल सदस्यता बितरण तथा नबिकरण गरिने काङ्ग्रेसले जनाएको छ ।

आगामी २०७७ असोज मसान्तसम्ममा क्रियसिल सदस्यता बितरण र नबिकरण सकेर अन्तिम नामावलि प्रकासनको काम सकेर मंसिरबाट वाडा तहको अधिवेसन सुरु गरिने छ ।

यस्तो छ महाधिबेसन तालिकाः
२०७७ मंसिर ९ गते वडा अधिवेशन
२०७७ मंसिर ११ गते गाउँ र नगरपालिका अधिवेशन
२०७७ मंसिर १५ गत प्रदेशसभा क्षेत्रीय अधिवेशन
२०७७ मंसिर १७ गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
२०७७ मंसिर २५ गते जिल्ला अधिवेशन
२०७७ पौष १५ गते प्रदेश अधिवेशन
२०७७ फागुन ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाडौं ।
तरुण दलको म्याद थपियो, ४७ विभाग बनाइने

कांग्रेसको यो निर्णयसंगै रामचन्द्र पौडेल पक्ष झन रुष्ट बनेकोछ । आफ्नो मागको सुनुवाई नभएको भन्दै उक्त पक्षले केन्द्रिय समितिको बैठक बहिस्कार गर्दै आएको थियो ।

वि.सं.२०७६ पुस ११ शुक्रवार २३:०७ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...