back

हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

वि.सं.२०७६ पुस १२ शनिवार

201 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला । काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामसमेत स्थगित हुने सम्भावना देखिन्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिवारमा असमझदारी देखिएला । साथीभाइले साथ नदिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइएला । साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । प्रतिस्पर्धीले हार खानेछन् । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मेहनतले सम्मानित स्थान दिलाउनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । सम्पादित कामबाट मनग्य लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यक्तित्व र बोलीको प्रभाव बढ्नेछ । अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मनग्य धन आर्जन हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने लाभ लिने मौका छ । घरखर्चको मात्रा बढ्नेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । लामो यात्राको अवसर जुट्न सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज(पुस ११ गते) को राशिफल

वि.सं.२०७६ पुस १२ शनिवार ०८:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD