१३ पुस, काठमाडौँ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक गराउन ल्याब निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरुलाई रकम दिए पनि खर्च भएको छैन ।
एउटै क्याम्पसका लागि दुई करोड रुपैयाँसम्म बजेट दिइएको छ । तर, पनि ल्याब अभाबमा विज्ञानका विद्यार्थी सिद्धान्त पढेर परीक्षा दिन बाध्य छन् ।
उपकरण नदेखी परीक्षा दिने विज्ञानका विद्यार्थीको नतिजा मानविकीको भन्दा कमजोर भएको अध्ययनले देखाएको छ । उपकरण नहुँदा प्रयोगात्मक कक्षाविनै तह पुरा गर्ने क्याम्पसले समेत केन्द्रले दिएको बजेट खर्च गर्न सकेका छैनन् ।
गत आर्थिक वर्षका लागि त्रिविले बिएस्सी र एमएस्सी पढाइ हुने २३ आंगिक क्याम्पस र १३ केन्द्रीय विभागका लागि २३ करोड २३ लाख बजेट विनियोजन गरेको थियो । आइतबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ पुस १३ आइतवार ०७:३४ मा प्रकाशित






























