१३ पुस, काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । सिमा विवाद आन्दोलनका क्रममा गजुरेल पक्राउ परेका हुन् ।
लिम्पियाधुरा सहित भारतले मिचेको भुमि फर्काउन गरिएको आन्दोलनका क्रममा गजुरेल नेतृत्वको जुलुसले प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले गजुरेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
गजुरेल नेतृत्वको जुलुस माइतीघर मण्डलाबाट सिंहदरबार हुँदै बानेश्वर जान खोज्ने क्रममा झडप भएको बताइएको छ ।
वि.सं.२०७६ पुस १३ आइतवार १५:३१ मा प्रकाशित






























