१३ पुस, काठमाडौँ । बलिउडको टेलिभिजन सो नागिनबाट एकदमै रुचाइएकी मौनी राय हाल बिदामा मस्त रहेकी छन् ।
रायले बिदा मनाउँदै गरेका केही तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । हालै उनले आफ्नो इन्स्टाग्राम मार्फत रातो रङको बिकनीमा समुद्री किनारमा दौँडिदै गरेको तस्बिर अपलोड गरेपछि निकै भाइरल भएको हो ।
टेलिभिजनका सोहरुमा देखिने राय पछिल्लो समय ठुलोपर्दामा पनि देखिएकी छन् । उनले अक्षय कुमार र सलमान खानसँग पनि फिल्म खेलेकी छन् । नागीन लगायत धेरै सिरिजहरुमा खेलेपनि उनी ‘नागीन गर्ल’ भनेर चिनिन्छिन् । ‘नागीन वान र टु’ मा मूख्य भूमिकामा देखिएकी रायले नागीन ३ मा महारानीको ट्याग पाएकी छन् ।

वि.सं.२०७६ पुस १३ आइतवार १५:१४ मा प्रकाशित






























