१४ पुस, लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा रहेका कैदी बन्दीहरुले मासिक २ हजारसम्म घरबाट खर्च मागेर बाँच्न बाध्य भएको बताएका छन् ।
कैैदी बन्दीहरुले इन्सेक प्रतिनिधि, पत्रकार, प्रहरी, जिल्लप्रशासन कार्यालयको कर्मचारीहरुको भेटमा त्यस्तो बताएका हुन् ।
राज्यले हिमाली भेगका जिल्लाहरुमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरु, शिक्षक आदि सबैका लागि दुर्गम भत्तालगायतको सुविधाको प्रबन्ध गरेको हुन्छ । तर ती जिल्लामा बस्ने कैदी बन्दीका लागि भने त्यस्तो प्रबन्ध गरेको छैन । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ पुस १४ सोमवार ०८:०८ मा प्रकाशित






























